अमेरिकाबाट गायक बिन्ती कुमारले ल्याएको ‘होई मेरो संसार’मा सरोज र विनाको अभिनय

इनेप्लिज २०७८ मंसिर १८ गते २:१७ मा प्रकाशित


काठमाडौं।गायक बिन्ती कुमार गुरुङ र गायिका शान्ता अर्यालको स्वरमा सजिएको नयाँ गीत ‘होई मेरो संसार’को भिडियो सार्वजनिक भएको छ।पछिल्लो समयका लोकप्रिय गीतकार तथा संगीतकार दीपक शर्माको शब्द तथा संगीत सिर्जना रहेको गीतमा गायक बिन्ती कुमार र गायिका शान्ता गज्जबसँग बगेका छन्।

अमेरिकामा बस्दै आएका गायक बिन्ती कुमार नेपाली गीत–संगीतमा निरन्तर सक्रिय छन् भने गायिका शान्ता पनि पछिल्ला दिनमा सक्रिय हुन थालेकी छिन्।संगीतकार शर्माकी पत्नि समेत रहेकी शान्ताले यसअघि पनि कहाँ होला काठमाडौँ (कर्णालीलाइ समर्पित अत्यन्तै मनछुने गीत)मा आफ्नो सुमधुर स्वर भरिसकेकी छिन्।

संगीतकी विद्यार्थी समेत रहेकी शान्ता यो गीत रिलिज गरे सँग थप उत्साहित छिन्।सार्वजनिक गीतको भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन्।विधानले गीतको भिडियोमा गाउँबाट शहर जान खोज्ने प्रेमी र उनलाई रोक्ने प्रेमीकाको कथालाई कलात्मक शैलीमा प्रस्तुत गरेका छन्।

जसमा टिकटकबाट चर्चा कमाएका सरोज प्रजा र विना राउतले कमालको अभिनय गरेका छन्।साथै भिडियोमा सुभाष कार्की ‘बेलबासे’को पनि अभिनय हेर्न सकिन्छ। नवराज उप्रेतीको छायांकन रहेको गीतको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन्।

प्रतिक्रिया