नेकां प्रदेश अध्यक्षका लागि दुई जनाको उम्मदवारी दर्ता

इनेप्लिज २०७८ मंसिर १७ गते २३:२० मा प्रकाशित

विराटनगर,१७ मङ्सिर(रासस):नेपाली कांग्रेस प्रदेश नं १ अध्यक्ष पदका लागि आज अपरान्ह अन्तिम समयसम्म दुई जनाले मनोनयन पत्र दर्ता गरेका छन्।

यसरी दर्ता गर्नेहरुमा गुरुराज घिमिरे र उद्धव थापा रहनु भएको निर्वाचन अधिकृत भरत थापाले जानकारी दिनु भयो।

यसैगरी दुई उपाध्यक्षका लागि गोविन्द ढुंगाना,रमेजजंग रायमाझी,टंक राई र विश्वनाथ रिजालले उम्मेदवारी दिनु भएको छ।

दुई महामन्त्रीका लागि दिपेन श्रेष्ठ,भुपेन्द्र राई,उमेश थापा र पदमसुन्दर पालुङगले मनोनयन दर्ता गर्नु भएको।

यस्तै सह महामन्त्रीका लागि ११ जनाले उम्मेदवारी दर्ता गराउनु भएको छ।

उक्त पदका लागि भोलि बिहान आठ बजेदेखि मतदान शुरु हुने नेका मोरङका सचिव मोदराज घिमिरेले बताउनु भयो।

प्रतिनिधि छान्नका लागि एक हजार सात सय नेकां प्रदेश प्रतिनिधिहरुले मतदान गर्ने छन्।

प्रतिक्रिया