रानीको गीतमा भुवनको मैसाव बनिन मोडेल सृष्टि खड्का ( भिडियो )

इनेप्लिज २०७८ मंसिर १७ गते २३:१३ मा प्रकाशित

नेपाली चलचित्रका सदाबहार नायक भुवन के सी अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।सुशिल पौडेल र तिलक प्रताप चन्दको शब्द रचना,रानी शाक्य र कृष्ण भारद्वाजको स्वर रहेको गीत ‘घरमा आइसियोस न ‘ मा नायक भुवन के सी र मोडेल सृष्टि खड्काको अभिनय रहेको छ।प्रेमिल शैलीको उक्त गीत भिडियोमा नायक के सी मैसाव सृष्टिलाइ भेट्न घोडचडी देखि, दरवारसम्म पुगेको कथावस्तु प्रस्तुत गरिएको छ।

‘घरमा आइसियोस न ‘गीतमा कृष्ण भारद्वाजको म्युजिक कम्पोज र बिशम आचार्यको एरेन्जमेन्ट रहेको छ।सन्तोष राजबाहकको निर्देशन र कोरियोग्राफी रहेको भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी र विकास दाहालको सम्पादन रहेको छ।

भिडियोलाइ गायिका रानी शाक्यको युट्युब च्यानल (Rani Shakya) मार्फत सार्वजनिक गरिएको हो।

प्रतिक्रिया