डब्बु र राजेन्द्रको म तिम्रो पिपलमा विश्व र समिराको रोमान्स

इनेप्लिज २०७८ मंसिर १६ गते ११:२८ मा प्रकाशित
काठमाडौं,१६ -मँसिरगीतकार डब्बु क्षत्रीको शब्दमा नयाँ गीत म तिम्रो पिपल…को भिडियो यतीबेला दर्शकमाझ आएको छ।पछिल्लो समय क्षत्रीको नयाँ नयाँ गीतहरु आईरहेका छन्।यो गीतको भिडियोलाई ओएसआर डिजिटल च्यानलबाट रिलिज गरिएको छ।
यो गीतलाई राजेन्द्र बजगाईंले संगीत गरेका हुन्।गीतमा संगीत संयोजना पनि राजेन्द्र बजगाईंकै रहेको छ।म्युजिक किचनमा रेकर्ड गरिएको यो गीतलाई मनोज परियारले मिक्सिङ गरेका हुन्।
योगल स्वरमा रहेको यो आधुनिक प्रेम भावको गीतलाई गायक सविन सुवेदी र गायिका बिन्दू परियारले गाएका छन्।यी दुईको युगल स्वरमा गीत निकै मिठो बनेको छ। भिडियोलाई केशब राज भट्टले निर्देशन गरेका छन्।यो गीतको भिडियोबाट विश्व राजाले मोडलिङमा डेब्यु गरेका छन्।मोडल विश्व राजको जन्म दिनकै अबसर पारेर यो गीतको भिडियोलाई युट्युव च्यानलबाट रिलिज गरिएको हो।
भिडियोमा विश्व राजा र समिरा खड्काले अभिनय गरेका छन्।यी दुईको जोडी निकै आकर्षक देखिएको छ । गीतको भावलाई यी दुईले अभिनयबाट सार्थक तुल्याएका छन्। यो गीतको भिडियोलाई निर्देशन तथा कोरियोग्राफी केशव राज भट्टले गरेका हुन्।जसमा बुद्ध थापाको छायाँकन दिनशन शाहको सम्पादन रहेको छ।भिडियोलाई उमेश भण्डारीले निर्माण गरेका हुन्।

प्रतिक्रिया