गोलभेडा पिसेजसरी श्रीमतीलाई बसले थिच्यो ,आस मारेका थियौ धन्न सास रहेछ:कास्की बस दुर्घटना अपडेट

इनेप्लिज २०७८ मंसिर १६ गते ११:२४ मा प्रकाशित

कास्कीमा केहि दिन गाडी भएको बस दुर्घटनामा गाडीका चालकको मृत्यु भएको थियो भने दर्जनौ मानिस घाइते भएका थिए।

एकाबिहानै कास्कीको नौडाडाबाट उकालो लागेको बस पाउदुर भन्ने स्थानमा पुग्दा एक्कासी तल खसेको थियो।गाईको गोठमा गाई दुधे गरेकी महिलाकै माथी  बाट  बस तल्लो बारीमा खसेको थियो।सबैजनाले उनको सास छैन होला भनिरहेका थिए त्यही क्रममा श्रीमान्ले गएर हेर्दा  उनलाई सामान्य चोट लागेको रहेछ।

आफ्नी श्रीमतीलाई गोलभेडा पिसे जसरी कच्याकक पार्यो होला भनेको धन्न केहि नभएको रहेछ भनेर हतार हतार उनको गाई गोठबाट उद्दार गरिएको थियो।

बसमा  सवार गरेका यात्रुका अनुसार गाडी कसरी खस्यो आफुहरुलाई केहि थाहा नभएपनि बसखस्नु भन्दा अगाडी एकचोटी आवाज आएको थियो र अन्तत बस झ्याप्पै खस्यो।

यस दुर्घटनाको बारेमा यति बेला सामाजिक संजालमा धेरै चर्चा भैरहेको छ।बस दुर्घटना ब्रेक फेल  वा चालक निदाएको बेला पर्यो  भन्ने बारेमा अनुसन्धान हुने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुन्दर तिवारीले बताएका छन्।

प्रतिक्रिया