‘मिष्टर नेपाल २०२२’ का लागि आवेदन खुल्ला

इनेप्लिज २०७८ मंसिर १६ गते ११:०९ मा प्रकाशित

काठमाडौँ।कोरोनाका कारण स्थगित भएका सौदर्य प्रतियोगिता अहिले धमाधम सुरु हुन थालेका छन्।यस्तै युवाहरुको सहभागीता रहने नेपालकै प्रतिष्ठित र ठुलो प्रतियोगीता ‘मिष्टर नेपाल’ पनि आयोजना हुने भएको छ।

एक्सपोज नेपालले आयोजना गर्दै आएको यो प्रतियोगिताका यस बर्षबाट चिरपरिचित आयोजक नेक्स्ट मोडल्स नेपालले गर्ने भएको हो।आयोजक नेक्स्ट मोडल्सले ‘मिष्टर नेपाल २०२२’ का लागि आवेदन समेत खुल्ला गरेको छ।
नेक्स्ट मोडल्सले जारी गरेको बिज्ञप्तीमा १८ बर्षदेखि ३२ बर्ष ननाघेका युवाहरुले प्रतियोगीताका लागि आवेदन दिनसक्ने उल्लेख गरिएको छ।प्रतियोगितामा विश्वका जुनै कुनामा रहेका ५ फिट ८ इन्च माथि उचाही भएका नेपाली नागरिकले मात्र सहभागीता जनाउन सक्नेछन्।

प्रतियोगिताको अडिसन आगामी माघको दोस्रो सातादेखि सुरु हँुदैछ।यो बर्षबाट आयोजकले बिभिन्न जिल्लामा आयोजना हुने स्थानिय सौदर्य प्रतियोगिताका विजेतालाई समेत सहभागीको अवसर प्रदान गर्ने भएको छ।

‘मिष्टर वल्र्ड’ मा नेपालको सहभागीता अझ दर्विलो बनाउन र प्रतियोगीतालाई थप उचाही दिने उदेश्यका साथ आफुले ‘मिष्टर नेपाल’ मा जोडिएको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए।प्रतियोगीता बिगतको भन्दा अझ भब्य बनाउन आफु लागि परेको उनले सुनाए।‘यो बर्ष मिष्टर नेपाल’ नेपालमा आयोजना हुने सबै सौन्दर्य प्रतियोगीता भन्दा भब्य हुनेछ’ धमलाले भने।

प्रतियोगीताको शिर्ष विजेताले ‘मिष्टर वल्र्ड २०२२’ मा सहभागीताको अवसरको अलवा बिभिन्न उपहार समेत हात पार्नेछन्।

देशैभरि छरिएर रहेको प्रतिभालाई समेट्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगीतामा अडिसनबाट छानिएका प्रतियोगीलाई मात्र अन्तिम प्रतिस्पर्धाको तयारी कक्षा स्वमिङ,फुटबल, रक क्लाइमिङ,समाजसेवा,सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास,पब्लिक स्पिकिङलगायतका दर्जन बढी बिषयको प्रशिक्षणमा सहभागी गराइनेछ।प्रतियोगीतामा नेपालको आन्तरिक प्रर्यटनको बिकाशका लागि समेत बिभिन्न गतिविधि संचालन हुने आयोजले जनाएको छ।

युवाहरुको व्यक्तित्व विकास,आत्मविश्वास अभिवृद्धी,क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उदेश्यले यो प्रतियोगिता २००१ देखि नियमित आयोजना हुँदै आएको हो।

प्रतियोगीतामा सहभागीताको लागि आवेदन फर्म नेक्स्ट मोडल्स नेपालको आधिकारीक वेभसाइट तथा इसेवाबाट समेत प्राप्त गर्न सकिनेछ।

प्रतिक्रिया