चलचित्र ‘ओभरडोज प्रदर्शनको तयारीमा

इनेप्लिज २०७८ मंसिर १५ गते २२:४३ मा प्रकाशित

काठमाडौँ।आउँदो शुक्रबार अर्थात मंसिर १७ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ओभरडोज’का अभिनेता प्रनिशराज पन्तले चलचित्रलाई दर्शकले रुचाउनेमा विश्वस्त रहेको बताएका छन्।अध्ययनको शिलशिलामा विगत ७ वर्षदेखि अमेरिका बस्दै आएका पन्त चलचित्र प्रदर्शनको पूर्वसन्ध्यामा नेपाल आएका छन्।

‘एकदमै मेहनत गरेको थिए।सोही मेहनत देखिने बेला भएकोले एकदमै उत्साहित छु।चलचित्रलाई दर्शकले रुचाउनेमा विश्वस्त पनि छु’ पन्तले भने।उनको यो पहिलो चलचित्र हो।उनले आफूलाई बच्चैदेखि अभिनयमा रुचि भएपनि नेपालमा हुँदा त्यो माहोल नबनेको बताए।‘पहिले घरबाट सपोर्ट थिएन्।बाहिर गएपछि अभिनयको बाटो खुल्यो’ उनले भने।राम्रो चलचित्रबाट अफर आए सधै काम गर्न तयार रहेको समेत बताए।अमेरिका बस्ने दुई नेपाली युवाको कथा समेटिएको ‘ओभरडोज’ अमेरिकामै छायाँकन गरिएको छ।सुमन पौडेलको कथा एवं निर्देशन रहेको चलचित्रमा ड्रग्स र अपराधको कथा देखाउन खोजिएको छ।अभिनेता पन्तले चलचित्रमा फ्रेण्डसिप र धोकाको कथा पनि देखाईएको बताए।

चलचित्रमा प्रनिशराजसँगै सविनजंग थापा,बिना श्रेष्ठ,सदीक्षा कार्की लगायतको अभिनय छ।दादा प्रोडक्सन हाउसको व्यानरमा निर्माण भएको चलचित्रको निर्माता जीवनकुमार केसी हुन्।गुच्ची भाईको छायांकन रहेको चलचित्रलाई साजन कार्कीले सम्पादन गरेका हुन्।चलचित्रलाई जि.जि.ए ग्रुपले उपत्यका र एफ.डि कम्पनीले उपत्यका बाहिर वितरण गर्न लागेको हो।

प्रतिक्रिया