मुखमा चिनी मनमा खुर्सानी 

✍️:- रेशम घिमिरे नवलपरासी २०७८ मंसिर १४ गते २३:२९ मा प्रकाशित
मुखमा चिनी मनमा खुर्सानी
ठिक्क नपार बुझेको छु बानी
साथी हौ नाता हाम्रो अपार छ
स्वार्थ लुट्न तिमिलाई हतार छ।
सङ्गत लामै भयो सम्बन्धको हाम्रो
तिमि जस्तो साथी नभएकै राम्रो
अत्ति भएपछि खत्ती हुन्छ सुनेको थे
औकात देखायौ आज म आफै भोगे
बोलिमा चिप्लो घसेर आयौ।
मुटुमा काडा घोचेर गयौ
✍️:- रेशम घिमिरे
        नवलपरासी

प्रतिक्रिया