फ्लोरमा गयो नयाँ फिल्म ‘फिदा’

इनेप्लिज २०७८ मंसिर १४ गते ११:१४ मा प्रकाशित

काठमाडौं– नयाँ नेपाली फिल्म ‘फिदा’ को छायांकन प्रारम्भ भएको छ।

गत मंसिर १० गतेदेखि फ्लोरमा गएको यो फिल्म हाल छायांकनमा रहेको लेखक तथा निर्देशक शंकर अधिकारी घायलले बताएका छन्।

मोहन गमलाको प्रस्तुतिमा यो फिल्ममा कालू पाण्डे शरदको निर्माण रहने छ।

फिल्ममा विश्वास भण्डारीको छायांकन,राजन महर्जनको नृत्य निर्देशन, राजु किराँतको द्वन्द्व,विश्वास भण्डारी र अञ्जलि थापाको सम्पादन रहने छ ।

राजु पौड्याल, दीप्ति लामिछाने, प्रवेश लिम्बू, दुर्गा थापा, प्रतिभा राई, प्रेमा मगर, राजन महर्जन, विजय भुर्तेल, रोशन बिसीले यो फिल्ममा अभिनय गरिरहेका छन् ।

प्रतिक्रिया