ओली भारी मत सहित दोस्रो पटक एमाले अध्यक्षमा विजयी

इनेप्लिज २०७८ मंसिर १४ गते १०:४४ मा प्रकाशित

काठमाडौं।नेकपा एमालेको दशौं महाधिवेशनबाट केपी शर्मा ओली पून अध्यक्ष पदमा .भारी मत सहित विजयी भएका छन्।चितवनमा सम्पन्न १०औं महाधिशनमा भीम रावललाई फराकिलो मतान्तरले पराजित गर्दै ओली आगामी पाँच वर्षका लागि अध्यक्ष बनेका हुन्।

एमाले निर्वाचन आयोगका सदस्य सानुराजा पोखरेलका अनुसार अध्यक्ष पदमा केपी शर्मा अ‍ोलीले १८३७ मत प्राप्त गरेर बिजयी भएका हुन्।उनका प्रतिस्पर्धी भीम रावलले २२३ मत प्राप्त गरेका छन्।

२०७१ सालमा भएको एमालेको नवौं महाधिवेशनबाट पहिलो पटक अध्यक्ष बनेका ओली २०७५ सालमा माओवादी केन्द्रसँग भएको पार्टी एकतापछि पनि निरन्तर अध्यक्ष नै थिए।एमाले र माओवादी केन्द्रको एकता गत वर्ष फागुनमा अदालतको आदेशका कारण भंग भएपछि एमालेले १०औं महाधिवेशन गरेको हो।

यसअघि गोदावरीमा भएको विधान महाधिवेशनबाटै ओलीलाई निर्विकल्प नेतृत्वको माहोल बनाइएको थियो।निर्विकल्प बन्ने नाममा पार्टीभित्रको आन्तरिक लोकतन्त्रमा समेत अंकुश लगाउने कोसिस भएपछि ओली विरुद्ध उम्मेदवारी पर्ने स्थिति देखा परेको हो।

माधव नेपाल समूहमा रहेका रावल १० बुँदे सहमति गरेर एमालेमै बस्ने निर्णय गरेका थिए।त्यसपछि पार्टीभित्रको विगतको संरचना अनुसार आफूले भूमिका पाउनुपर्ने माग गर्दै आएका थिए।तर ओलीले त्यसअनुकूल भूमिका नदिएपछि रावल चिढिंदै आएका थिए।रावलको असहमतिको त्यही स्वर अहिले ओलीका लागि महाधिवेशनमा चुनौतीको रुपमा प्रकट भएको हो।

यो महाधिवेशनबाट ओलीले आफूअनुकूलको केन्द्रीय कमिटी तयार गरेका छन् ।

प्रतिक्रिया