रुसको रक्षा मन्त्रालयले जिरकोन आवाज भन्दा छिटो (हाइपरसोनिक) क्षेप्यास्र मिसाइलको अर्को सफल परीक्षण गरेको सोमबार घोषणा गरेको छ । रक्षा अधिकारीहरूले क्षेप्यास्त्र उत्तरी फ्लीट फ्रिगेट एडमिरल गोर्शकोभबाट स्वेत सागरमा यात्रा गर्दा प्रहार गरिएको एक विज्ञप्तिमा उल्लेख गरेका छन ।
क्षेप्यास्त्रको उडान “निर्दिष्ट मापदण्डहरूसँग मेल खायो” र लगभग २५० माईल टाढा अवस्थित समुद्री लक्ष्यलाई सफलतापूर्वक प्रहार गर्यो, उनीहरूले भने।
उही जहाज र चालक दलले दुई हप्ता अघि नौसेना लक्ष्यमा जिरकोन परीक्षण गोलाबारी सफलतापूर्वक प्रदर्शन गरेका थिए ।
क्रेमलिनले गत महिना पहिलो पटक पानीमुनिबाट क्षेप्यास्र (मिसाइल)सफलतापूर्वक परीक्षण गरिएको घोषणा गर्यो ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुई वर्षअघि पहिलो पटक अनावरण गर्दा जिरकोन क्षेप्यास्र लाई हतियारको नयाँ “अदम्य ” पुस्ताको रूपमा व्याख्या गरेका थिए।
मस्कोले शत्रुको हवाई प्रतिरक्षाबाट बच्न म्याक ९ को गतिमा पुग्न सक्छ । आवाज भन्दा नौ गुणा गतिमा पुग्न सक्छ र यसको दायरा ६०० माइलभन्दा बढी छ भनि युपीआइले समाचार लेखेको छ ।
प्रतिक्रिया