पूराना सम्झना

अरुणबहादुर खत्री “नदी” २०७८ मंसिर १३ गते २२:४३ मा प्रकाशित

२०५१ सालतिरको कुरा हो रक्षा लेखा नियन्त्रकको कार्यालयमा मैले काम गर्दा धरहराको अगाडि दिउँसो साढे एकबजेतिर खाजा खान भनेर निस्कदा सदावहार गीतका गायक अरुण थापालाई देखेर चिने।नेपाल टेलिभिजनमा उहाँका गीतहरु सुन्न पाउदा उहाँको अनुहार चिन्ने अवसर मिल्यो र मैले देख्ने बित्तिकै चिनेर तपाई गीत गाउने अरुण थापा होइन भने।उहाँले हाँसेर हो भाइ भन्नुभयो।अर्कोदिन उहाँलाई मैले कान्तिपथमा देख्न पुग्दा तपाईले गाउनु भएको गीत मलाई साह्रै मन पर्छ नि भने।मेरा गीतहरु मन पराइदिनु भएकोमा धन्यवाद छ भाइलाई उहाँले भन्नुभयो।कहिले काही रत्नपार्कबाट हिँडेर अफिसतिर जाँदा महांकालको मन्दिरमा पसेर जान्थे र महाँकालको मन्दिरनेर बेला बेलामा गायक प्रेमध्वज प्रधानलाई पनि देख्न पुग्थे।उहाँलाई देख्ने बित्तिकै मैले उहाँको अनुहार चिनेर नमस्कार दाइ भन्दा नमस्कार फर्काउनु हुन्थ्यो।दाइले गाउनु भएका गीतहरु रेडियो नेपालमा निकै सुन्न पाउछु नि मैले भने।उहाँले हाँसेर खुशी लाग्यो भाइसंग चिनाजानी गर्न पाउदा भनेर मेरो नाम सोध्नु भयो मैले आफ्नो नाम बताए।२०६६ सालतिरको कुरा हो सिंहदरबारभित्र पसेर अर्थ मन्त्रालयमा विशेष काम परेर जाँदा गायक दिपक खरेलको नेम प्लेट देखेर भेट्न मन लाग्यो र भेटेर गफ गरे।दाइका गीतहरु निकै राम्रा छन् सुनिरहन मन लाग्छ मैले भने।उहाँले धन्यवाद छ भाइलाई भन्नु भयो। २०६८ साल फागुन महिनामा तन्नेरी प्रकाशनले विशेष सम्मान नेपाल प्रज्ञा प्रतिष्ठानमा गर्दा उहाँसंग मैले पनि सम्मान थाप्ने अवसर पाएको थिए।

२०६३ सालतिरको कुरा हो लोक सेवा आयोग कमलपोखरीमा मैले काम गर्दा मदन पुरस्कार बिजेता निलम कार्की निहारिकाले मलाई उहाँको हवन कथासङ्ग्रह दिनु भएको थियो।कथासङ्ग्रह पढेर समीक्षा लेखेर अच्युतरमण अधिकारी दाइले निकाल्नु हुने उन्नयन साहित्यिक पत्रिकालाई बिहान अफिस जान लाग्दा पद्यकन्या कलेजमा पसेर भेटेर हातैले लेखेर दिएको थिए।उन्नयन पत्रिकामा हवन कथासङ्ग्रहको समीक्षा प्रकाशित पनि भयो।निलम कार्की निहारिकाको मदनपुरस्कार पाएको कृति योगमाया भने मैले पढ्ने अवसर पाएको छैन। राजकुमार वगरले दिनु भएको गीतसङ्ग्रहको समीक्षा पनि लेखेर दिएको थिए प्रकाशित पनि भयो।राजकुमार बगर र निलम कार्की निहारिकाले मलाई धन्यवाद दिनु भयो।

२०४८ सालतिरको कुरा हो भवन विभाग ववरमहलमा काम गर्दा अहिले नेपाल टेलिभिजनमा समाचार प्रशारण गर्नु हुने गजुरधन राई पनि भवन विभागमा नै काम गर्नु हुन्थ्यो।बेला बेलामा रातको नौ बजेपछि रेडियो नेपालमा प्रशारण हुने फर्माइस गीत कार्यक्रममा मेरो नाम सुन्ने गर्नु हुन्थ्यो र मलाई भोलिपल्ट अफिसमा भेट हुंदा अरुण खत्री नदी सामाखुसीबाट सुन्न पाइरहन्छु फर्माइस गीतमा रेडियो नेपालमा भन्नु हुन्थ्यो उहाँले त्यसो भनेपछि मलाई ज्यादै खुशी लाग्दथ्यो।

२०४७ सालमा म भवन विभागमा जागिर खादा महालेखा नियन्त्रकको कार्यालयको साथीहरु तोमलाल सुवेदी विनयी र सहकुल खड्कालाई भेट्न जाँदा शान्तराज सुवेदी प्रतिक्षा सरसंग मेरो परिचय भयो।उहाँको नाम गोरखापत्रमा सम्पादकलाई चिठ्ठीमा पिपल्स क्याम्पस पकनाजोलको ठेगानामा देखिरहन्थे मैले पनि सम्पादकलाई चिठ्ठी गोरखापत्रमा बेला बेलामा पठाएर छापिन्थ्यो।उहाँले २०४९ तिर हुलाक अधिकृतमा नाम निकाल्नु भएको थाहा पाए।उपसचिव र सहसचिवमा लिखित परीक्षा दिएर नाम निकाल्नु सफल हुनुभयो।अहिले उहाँ विशिष्ट श्रेणीको सचिव पदबाट सेवानिवृत्त हुनुहुन्छ।उहाँले जम्मा पच्चीस वर्षमात्र निजामती सेवामा जागिर खानु भएको रहेछ।अहिले फेसबुकमा हाम्रो कुराकानी भैरहन्छ।२०७६ सालमा राष्ट्रकविलाई जन्मदिनको शुभकामना दिन जाँदा नेपाल टेलिभिजनले मेरो पनि राष्ट्रकविसंग बसेको फोटो खिचेर धेरैले नेपाल टेलिभिजनमा देख्न पाएका थिए। शान्तराज सरले पनि अरुणजीलाई आज राष्ट्रकविसंगै नेपाल टेलिभिजनमा देख्न पाइयो नि भन्नु भयो।अर्को वर्ष राष्ट्रकविलाई हामी कसैले जन्मदिनको शुभकामना दिन पाएनौ।

-अरुणबहादुर खत्री “नदी”

प्रतिक्रिया