‘प्रेम गीत ३’ को नयाँ प्रदर्शन फागुन १३

इनेप्लिज २०७८ मंसिर ९ गते १३:१८ मा प्रकाशित

कोरोना महामारीका कारण हामीले २०७६ चैत २८ मा प्रदर्शन गर्ने भनिएको चलचित्र ‘प्रेम गीत ३’ को नयाँ प्रदर्शन मिति तय गरेका छौं।अब यो चलचित्र नेपालभरका हलमा आगामी फागुन १३ गते प्रदर्शन हुनेछ।यस चलचित्र हिन्दि भाषामा समेत प्रदर्शन हुँदैछ भन्ने तपाईहरुलाई अबगतै छ।तर, बलिउड टिमसँग हिन्दि भाषाको प्रदर्शनबारे छलफल भइरहेकाले हामीले सुरुमा नेपालभरका हलमा प्रदर्शन गर्ने निर्णय गरेका हौं।

चलचित्रका प्राविधिक काम सम्पन्न गर्दा प्रदर्शन गर्न केहि ढिला भएकोमा तपाईहरुमाँझ माफी माग्दै चलचित्रको प्रमोशनमा तपाईहरुको साथ,सहयोग र सद्भाव रहने आशा गरेका छौं।महामारीको चोटलाई बिर्सिएर हामी अब चलचित्रको माहोल सिर्जना गर्ने हेतुले समेत यो निर्णय गरेका छौं ।

जय नेपाली चलचित्र ।

प्रतिक्रिया