फ्रान्सको तटमा डुङ्गा डुब्दा कम्तीमा ३१ आप्रवासीको मृत्यु ,अन्य बेपत्ता

इनेप्लिज २०७८ मंसिर ९ गते १:०४ मा प्रकाशित

फ्रान्सको तटमा डुङ्गा डुब्दा कम्तीमा ३१ आप्रवासीको मृत्यु भएको छ भने अन्य बेपत्ता भएका छन् ।

नोभेम्बर २४ बुधबारका दिन उत्तरी फ्रान्सको क्यालेसको तटमा रहेको इङ्लिस च्यानल(बेलायती समुन्द्र )मा डुङ्गा पल्टिँदा कम्तीमा ३१ आप्रवासीको मृत्यु भएको फ्रान्सेली गृहमन्त्री गेराल्ड डार्मानिनले जानकारी दिएका छन् ।

क्यालेसको एक अस्पताल बाहिर बोल्दै डार्मानिनले मृतकमध्ये पाँच जना महिला र एक सानी बालिका रहेको बताए। दुई जनाको उद्धार गरिएको र एक जना अझै बेपत्ता रहेको उनले बताए ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले दु:खद घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

म्याक्रोनले आफ्नो देशले इङ्गलीश च्यानल( समुन्द्र ) चिहान बन्न नदिने बताए र आफ्ना युरोपेली समकक्षहरूलाई भविष्यमा हुने त्रासदीबाट बच्न प्रयासहरू बढाउन आग्रह गरे भन्दै सिएनएनले समाचार प्रकाशित गरेको छ ।

“पीडितहरूका परिवारहरू, उनीहरूका प्रियजनहरूप्रति, म फ्रान्सको निःशर्त समर्थन र सहानुभूति व्यक्त गर्न चाहन्छु,” राष्ट्रपतिले एक विज्ञप्तिमा भने।

“म उनीहरूलाई आश्वस्त गर्दछु कि जिम्मेवार व्यक्तिहरू, तस्करहरूको संजाल (नेटवर्क )जसले दुःख र संकटको शोषण गर्दछ, मानव जीवनलाई खतरामा पार्छ र अन्ततः परिवारलाई नष्ट गर्दछ, पत्ता लगाउन र निन्दा गर्न सबै कुरा गरिनेछ,” उनले थपे।

प्रतिक्रिया