गीतकार अम्बिका गुरुङको ‘तिम्रै माया ‘ सार्वजनिक ( भिडियो )

इनेप्लिज २०७८ मंसिर ७ गते २२:३३ मा प्रकाशित


काठमाण्डौ।‘सेल्फी हानौँला’,‘ट्यूसन पढाउँछु’,‘क्यालेण्डर’‘सार्टनैको चोली’ जस्ता कैयन गीतबाट चर्चित बनेका गायक तथा संगीतकार शंकर थापा ‘स्माईल’को नयाँ रोमान्टिक गीत ‘तिम्रै माया ‘ रिलीज भएको छ।गीतमा अम्बिका गुरुङको शब्द र शंकरको संगीत तथा स्वर रहेको छ।

सागर लम्साल ‘बले’ र प्रनिमा दाहाल अभिनय रहेको भिडियोमा झरना र तालको मनमोहक दृश्यहरु समाबेश गरि छायांकन गरिएको छ।गणेश शाहको निर्देशनमा बनेको भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी ,र दिन्सन शाहको सम्पादन तथा कलर ग्रेडिंग रहेको छ।

प्रतिक्रिया