बिर्सन नसक्ने कुरा

अरुणबहादुर खत्री “नदी” २०७८ मंसिर ७ गते ११:३१ मा प्रकाशित

२०५३ सालमा रक्षा लेखा नियन्त्रक कार्यालयबाट मन्त्रालय परिवर्तन गरेर युवा, खेलकूद तथा संस्कृति मन्त्रालयमा मेरो सरुवा भयो।सरुवा भएर गएपछि श्रीकृष्ण गौतम सर विशेष सचिव पदमा हुनुहुन्थ्यो।युवा,खेलकूद तथा संस्कृति मन्त्रालयमा म डेढ वर्ष मात्रै बसे।युवा,खेलकूद तथा संस्कृति मन्त्रालयबाट भूमिसुधार तथा व्यवस्था मन्त्रालयमा सरुवा भएर गएपछि दायित्व वाङ्मय प्रतिष्ठानले बेला बेलामा सम्मान तथा कृति विमोचन कार्यक्रम गर्दा म पनि पुग्दथे।श्रीकृष्ण गौतम सरलाई पनि देख्ने गर्दथे।उहाँ पनि म जस्तै साहित्यमा रुचि राख्ने हुनु हुदो रहेछ भने त्यति खेर बल्ल मैले थाहा पाए।२०७१ साल मंसिर महिनामा मेरो आमाको निधन भएपछि किरिया बस्दा दिनहुं कान्तिपुर दैनिक पत्रिका पढ्ने गर्दथे।कान्तिपुर दैनिक पत्रिकामा श्रीकृष्ण गौतम सरको फोटो समवेदनामा देख्न पुगे।मर्निङ वाक गरिरहदा बाटोमा ट्रकले किचेर उहाँको निधन भएको रहेछ भनेर समवेदनामा लेखिएको रहेछ।भूमिसुधार तथा व्यवस्था मन्त्रालय र भूमिसुधार तथा व्यवस्थापन विभागमा बसेर काम गर्दा बेला बेलामा जिल्लाबाट विजय गोविन्द श्रेष्ठ सर काज लिएर आउने गर्नु हुन्थ्यो।उहाँलाई मैले मेरो नाम बताउदा मेरो रचनाहरु मधुपर्कमा र अरु विभिन्न पत्रिकामा पढ्न पाइरहन्छु भन्नु भयो र मलाई उहाँको एउटा कृति सागरका कथाहरु नामक २०६० सालमा प्रकाशित भएको लघुकथासङ्ग्रह दिनु भयो।लघुकथासङ्ग्रह पढेर धीरकुमार श्रेष्ठ दाजुले निकाल्नु हुने शब्दाङ्कुर मासिक पत्रिकामा समीक्षा लेखेर छपाए।उहाँको साहित्यिक नाम विजय सागर रहेछ मेरो अरुण नदी भने जस्तै।

गीतकार श्रीपुरुष ढकालसंग मेरो पहिलोपटक २०४८ सालतिर रेडियोनेपालमा पारिश्रमिक लिन जाँदा भेट भएको हो।बेला बेलामा उहाँ रेडियो नेपालमा आफ्ना गीतहरु रेकर्ड गर्न पुग्ने गर्नुहुन्थ्यो।बेला बेलामा उहाँसंग मेरो भेटघाट हुने गर्दथ्यो। २०५५ सालतिरको कुरा हो म भूमिसुधार विभाग कुपण्डोलमा हुंदा सानेपामा उहाँको घर खोज्दै पुगे।उहाँसंग भेट हुन सकेन उहाँ अफिस जानु भएको रहेछ। भाउजुसंग भेट भयो र एकघण्टा जति बसेर चिया पिएर गफ गरे।२०६६ प्रकाशित भएको उहाँको जुनले पनि पोल्दो रै छ गीतसङ्ग्रहको समीक्षा लेखेर मैले शब्दसिन्धु पत्रिकामा प्रकाशित गरे।उहाँले लामो समय राष्ट्रिय अनुसन्धान विभागमा सेवा गर्नु भयो।सेवाबाट निवृत्त भएपछि लोक सेवा आयोगको सदस्य पनि हुनुभयो ।मैले पनि लोक सेवा आयोगमा सात वर्ष दुई महिना वसेर सेवा गरेको थिए । मैले लोकसेवा आयोग छाडेपछि उहाँ सदस्य हुनुभयो।बेला बेलामा लोक सेवा आयोग पस्दा उहाँसंग भेट्ने गर्दथे।साहित्यकार दिदी रञ्जुश्री पराजुलीको बालकथासङ्ग्रह रमाइलो हवाईयात्रा स्वदेश प्रकाशनबाट प्रकाशित भएपछि मलाई कतै समीक्षा लेखेर दिनुहोला नि भनेर ऋषिराम पाण्डेजीले दिनु भएको थियो। २०७७ कार्तिकको मुनामा मैले लेखेर दिएको समीक्षा प्रकाशित भयो।समीक्षा प्रकाशित भएपछि रञ्जुश्री पराजुली दिदीलाई फेसबुकमा दिदीको बालकथासङ्ग्रहको समीक्षा मुनामा प्रकाशित भयो नि भनेर खिचेर फेसबुकमा राखेर जानकारी गराए।दिदीले मलाई धन्यबाद छ म नेपालबाहिर छु नेपाल आएपछि अवश्य भाइलाई भेट्नेछु भन्नु भयो।रञ्जुश्री पराजुली दिदीसंग मेरो साहित्यिक कार्यक्रमहरुमा भेट हुने गर्दथ्यो तर कुराकानी भने हुन सकेन।मेरो दिदीलाई पनि उहाँदे पद्यकन्या कलेजमा पढाउनु भएको रहेछ भन्नु कुरा दिदी मार्फत् थाहा पाए।

२०५१ सालतिरको कुरो हो म कर्मचारी सञ्चयकोषमा सञ्चयकोष सापटी लिन जाँदा मेरो नाम थाहा पाउनु भएर गीतकार त्रिविक्रम पाण्डेजीले तपाईको नाम त रेडियो नेपालमा फर्माइस गीतमा धेरै सुनिन्छ नि भन्नु भयो।हजुर हो फर्माइस गीत कार्यक्रममा निकै पत्र पठाउने गर्थे मैले मलाई गीतहरु सुन्न ठूलो सोक भएर मैले भने।गोरखापत्रमा सम्पादकलाई चिठी पनि तपाईको बेला बेलामा पढ्ने गर्थे उहाँले भन्नु भयो।तपाईको नाम के हो नि भनेर मैले सोधे।मेरो नाम त्रिविक्रम पाण्डे हो उहाँले भन्नु भयो।तपाईले रचना गर्नुभएको राजेश पायल राईले गाउनु भएको गीत फैलियो माया दुबो सरी निकै रेडियोनेपालमा बजिरहन्छ नि मैले भने।राजेशपायल राई मैले लेखेको यो गीत गायर प्रसिद्ध हुनुभयो उहाँले भन्नुभयो।उहाँले एउटा फैलियो माया दुबोसरी गीतको सङ्ग्रह र एउटा सिडी मलाई दिनुभयो।गीतको सङ्ग्रहको मैले समीक्षा लेखेर एउटा साहित्यिक पत्रिकामा प्रकाशित पनि गरे।

२०५२ सालमा नयाँबसपार्कबाट दिउँसो दुईबजे छुट्ने साझा बस चढेर चितवन जाँदै गर्दा धार्केतिर पुगेपछि खाजा खान भनेर बस रोक्यो।खाजा खान भनेर बस रोकेपछि होटलमा खाजा खान सबै बसबाट झर्यौ र होटलमा गएर खाजा खान लाग्यौ।खाजा खान लाग्दा मैले एउटा यात्रुसंग गफ गर्न थाले।उहाँको परिचय पनि मागे।परिचय माग्दा उहाँले मेरो नाम किरणचन्द्र रायमाझी हो भन्नुभयो।तपाईको घर चितवनको गुञ्जानगर हो मैले सोधे।उहाँले मेरो घर गुञ्जानगर हो कसरी थाहा पाउनु भयो नि भन्नु भयो।मैले तपाईसंग २०४७ तिर पत्रमित्र गरेको थिए नि मेरो नाम अरुण नदी खत्री हो उहाँलाई बताएउहाँ र म निकै खुशी भयौ पत्रमित्र साथीहरु भेट भएर चिनाजानी गर्न पाएकोमा।हाम्रो भेट भएको छब्बीस वर्ष पुरा भएपछि मैले उहाँको नाम फेसबुकमा सर्च गरेर फेला पारे र फेसबुकको मेसेन्जरबक्सबाट उहाँलाई फोन पनि गरे।तपाईको सम्झना मलाई आज हाम्रो साझा बस चढेर २०५२ सालमा चितवन जान लाग्दा भेट भएको छब्बीस वर्ष बितेपछि मलाई आयो नि मैले भने।उहाँ अहिले नेपाल बाहिर जर्मनीमा बसेर काम गर्नु हुदो रहेछ नेपालको सरकारी उपसचिव पदको जागिर छाडेर जर्मनी गएको एक्काइस वर्षभयो नि मैले उहाँले मलाई भन्नु भयो।

२०७६ माघ महिनामा साहित्यकार तथा नेपाली सेनाका पूर्व रथी नेपाली सेनामा जागिर खानु भएको मेरो दाजुहरुको साथी बलदेवराज महतले सामाखुसीतिर आउनु हुंदा मलाई भेटेर उहाँका केही कृतिहरु दिन फोन गर्नु भयो।सामाखुसी रानीबारीको पुलनेर म उभिरहेको हुन्छु भन्नु भयो।उहाँले त्यसो भन्नुभएपछि म पनि लुगा फेरेर हिँड्दै दश मिनेटमा त्यहाँ पुगे।करिब पन्ध्र मिनेट जति उभिएरै गफ गर्यौ।उहाँले दिनु भएको कृतिहरु हातमा राखेर उहाँसंग उभिएको फोटो मेरो मोबाइलले त्यहाँ उभिरहेको अर्को मान्छेलाई हाम्रो फोटो खिचिदिनु होला भन्दै दिए ।फोटो खिचिदियो।पहिला पहिला उहाँसंग बेला बेलामा विवाह ब्रतबन्धको भोजमा त्रिभुवन आर्मी अफिसर्स क्लबमा जाँदा भेट हुन्थ्यो र पहिलोपटक भेट हुंदा मेरो पूर्व प्रधानसेनापती दाजु राजेन्द्र क्षत्री र पूर्व उपरथी दाजु रमिन्द्र क्षत्रीले चिनाजानी गराइदिनु भएको कुरा म कहिल्यै बिर्सन सक्दिन।उहाँ पनि म जस्तै साहित्यकार हुनुभएकोले उहाँसंग मलाई दाजुहरुले चिनाजानी गराइदिनु हुंदा धेरै खुशी लागेको थियो।

नेपाल सरकारीका विशिष्ट श्रेणीका पूर्व सचिव दिपेन्द्रविक्रम थापासंग एकदिन म अफिसबाट घर फर्कदै गर्दा रत्नपार्कको आकाशे पुलमा भेट हुन पुग्यो।उहाँलाई आकाशे पुलको माथि उभिरहनु भएको देखेपछि मैले दुई हात जोडेर नमस्कार गरे ।सरको घरमा म एकपटक पुगेको थिए सरसंग भेट हुन सकेन नि।सरले हामीलाई स्टाफ कलेजमा तालिममा भाग लिन जाँदा खरिदार र नायब सुब्बा पदको तालिममा पढाउनु भएको थियो नि त्यतिबेला सर स्टाफ कलेजमा नै काम गर्नु हुन्थ्यो नि भने।उहाँले त्यहाँ काम गर्दा मैले पढाइरहन्थे भन्नु भयो।एकपटक सरसंग विश्वनिकेतनमा लोक सेवा आयोगको परीक्षामा खटिदा पनि सरसंग मेरो भेट भएको थियो म सम्झिरहन्छु भने।पछि उहाँ नेपाल सरकारको प्रविधिक सेवाका सहसचिवमा खुलामा परीक्षा दिएर नाम निकालेर आउनु भयो र सहसचिवबाट सचिवमा बढुवा भएर उमेरको हदले अवकाश हुनु भयो।उहाँले मेरो त पेन्सन आउदैन नि भन्नु भयो।सरले गाउनु भएको गीत र भजन बेला बेलामा रेडियोनेपालमा सुनिरहन्छु भने मैले आफ्नो नाम पनि बताए।

दायित्व साहित्यिक पत्रिकाले २०५२ सालतिर निजामती साहित्यकार विशेषाङ्क प्रकाशित गरेको थियो।त्यो विशेषाङ्कको लागि मैले पनि आफूले चिनेका निजामती साहित्यकारहरु रचना मागेर रामप्रसाद पन्त दाइलाई रक्षा मन्त्रालयमा लगेर दिएको थिए।रचना निस्केपछि को को निजामती कर्मचारीहरु साहित्यकार रहेछन् भनेर थाहा पाउन सकियो।मधुपर्कलाई पनि मैले निजामती साहित्यकार विशेषाङ्क निकाल्नु पर्यौ भनेर सुझाव दिए तर मधुपर्कले र अन्य साहित्यिक पत्रिकाहरुले आजसम्म निजामती साहित्यकार विशेषाङ्क निकाल्न सकेको छैन।वन तथा भूसंरक्षण मन्त्रालयभित्र पसेपछि निजामती साहित्यकार उपसचिव खिलनाथ बस्ताकोटीको नेम प्लेट देखेर भेटेर परिचय गरे।भेटेर परिचय गरेपछि उहाँ ज्यादै खुसी हुनुभयो। उहाँले त हाम्रो भविष्य पनि हेर्ने गर्नु भएको रहेछ मेरो भविष्य पनि हेरिदिनु भयो ।मलाई ज्यादै खुसी लाग्यो।अहिलेसम्म उहाँसंग मेरो सम्बन्ध गाढा नै रहेको छ।

साहित्यकार गोविन्द कुसुम सर संग पनि उहाँ उपसचिव हुनुभएदेखि उहाँको कथा बेला बेलामा मधुपर्क र गरिमामा पढेर पर्यटन विभागमा पसेर उहाँसंग भेट गर्दथे।अहिले उहाँ नेपाल सरकारको सचिव तथा लोक सेवा आयोगको सदस्यबाट निवृत्त हुनु भएको छ।उहाँको श्रीमती गायिका तेजलक्ष्मी ध्वजुसंग पनि मैले २०५४ सालमा स्टाफ कलेजमा ना.सु.पदमा ३० दिने तालिम संगै लिएको थिए।

अरुणबहादुर खत्री “नदी”

सामाखुसी मार्ग,सरकारी धारा,
काठमाडौं

 

 

 

 

 

 

 

 

प्रतिक्रिया