पोखराको लेकसाइडमा भिषण आगलागी, साढे २ करोड बढीको क्षति (भिडियो )

इनेप्लिज २०७८ मंसिर ६ गते ११:३२ मा प्रकाशित

पोखरा।एकाबिहानै पोखराको लेकसाइडमा भिषण आगलागी भएको छ।

कास्की जिल्ल्ला पोखरा महानगरपालिका ०६ लेकसाइडको फुटपाथमा भिषण आगलागी छ।सोमबार (आज) बिहान ३ः४५ बजे सुरु भएको आगलागीबाट लेकसाइडको फुटपाथ क्षेत्रमा रहेका १० वटा रेस्टुरेन्ट तथा पसलहरू जलेर नष्ट भएको छ।

आगलागीबाट मानवीय क्षति नभए पनि धनसम्पति जलेर नष्ट भएको छ।आगलागी के कारणले भएको भन्ने बारे अझै खुल्न सकेको छैन।उक्त स्थानमा रहेको भारतीय नागरिकले सञ्चालन गरेको टिनका पसलबाट आगलागी भएको हुन् सक्ने अनुमान गरिएको छ।

उक्त आगलागीमा अन्य पसल र टहराहरूमा समेत गरेर दुई करोडको हाराहारीमा नोक्सानी भएको हुनसक्ने आँकलन गरिएको छ।

अहिले आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको र आगलागीले गरेको क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको कास्की प्रहरी प्रमुख,एसपी रमेश थापाले जानकारी दिनुभयो।

भिडियो

https://www.youtube.com/watch?v=xB6IyhC1vfg

प्रतिक्रिया