मुलुकमा तत्काल राजसंस्था र सेना सहितको प्रजातान्त्रिक शासन व्यवस्थाको आवश्यक।राजनीतिक दलका नेतृत्वहरुले आजसम्म मुलुकमा निकास दिन सकेनन।मुलुकमा दलीय व्यवस्था असफल भएको छ।मुलुक भन्दा ठूलो नेताहरू र २०७२ साल जारी संविधान होइन संविधान फेरि पनि बन्न सक्छ।
मुलुकमा विक्रम सम्वत २०६२/०६३ सालपछि आजसम्म जताततै अराजकता,विकृति,बेथिति,मनपरि र लथालिङ्ग भएको अवस्था छ।मुलुकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा को राजीनामाको विषयलाई लिएर न्यायपालिकामा हस्तक्षेप भइरहेको छ।अदालतबाट सेवाग्राही सेवाहरु पाउन नसकेको अवस्था छ।मुलुकमा अराजकता र अस्थिरता छ।मैले माने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जंगबहादुर राणा शतप्रतिशत गलत छन।शेर बहादुर देउवालाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशहरुले एक्कासि प्रधानमन्त्री बनाउँदा नेपाल बार एसोसिएशनले विरोध गरेन किन ? सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशहरुले शेरबहादुर देउवालाई प्रधानमन्त्री घोषणा गर्न नियम र कानुनले दिन्थ्यो र ? शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउँदा नेपाल बार एसोसिएशन चुप र मौन किन ? यदि गजेन्द्र हमाललाई मन्त्री बनाएको विषयमा प्रधानन्यायाधीशको राजीनामाको मांग भइरहेको छ भने गजेन्द्र हमालले पनि मन्त्री बने लगत्तै राजीनामा दि सकेका थिए।नेपाल बार एसोसिएशनको आन्दोलन कसको स्वार्थका लागि र के का लागि हो भन्ने कुरा प्रष्ट हुन र बुझ्न सकिएन ? आज न्यायपालिकामा हस्तक्षेप ? आउने दिनहरूमा भोलि जनपथ प्रहरी संगठनमा हस्तक्षेप,पर्सि सशस्त्र प्रहरी संगठनमा हस्तक्षेप र निकोर्सी सैनिक संगठनमा हस्तक्षेप हुने अवस्था देखिन्छ । मुलुकको भविष्य डामाडोल र अन्योल रहेको छ।
राजनीतिक दलहरुका नेताहरू मुलुक हाँक्न निरन्तर रूपमा पुर्ण असफल भइसकेका छन।राजनीतिक दलहरुका नेताहरु संग कुनै भिजन नै छैन।सेनाहरुलाई आफै अघि बढन बाधा अडचन र समस्याहरू छ भने हृदयेन्द्र शाहलाई भावी राजा बनाउनका लागि सेनाहरुले हालमा श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाह र श्री ५ युवराज्ञी हिमानी शाहलाई भए पनि साथ र समर्थन दिनुपर्छ।मुलुकमा तत्काल श्री ५ ज्ञानेन्द्र शाह र श्री ५ युवराज्ञी हिमानी शाहको संरक्षणमा भावी राजा नवयुवराज हृदयेन्द्र शाह र सेनाहरु सहितको प्रजातान्त्रिक शासन व्यवस्था आवश्यक छ।
मुलुकमा सेनाहरु आफै अघि बढने कि ? दलीय नेताहरूलाई नै साथ दि राख्ने कि ? प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा लाई साथ दिने कि ? श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाह र श्री ५ युवराज्ञी हिमानी शाहलाई साथ दिने अब सेनाहरुले तत्काल सहि निर्णय लिनुपर्ने समय आएको छ।
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा।
प्रतिक्रिया