थाहै नपाईमा सरिता,प्रवण र बिनाको त्रिकोणात्मक प्रेम

इनेप्लिज २०७८ मंसिर ६ गते ११:१७ मा प्रकाशित

काठमाडौं,६ मँसिरगायिका दीपा कोईरालाको स्वरमा रहेको गीत ‘थाहै नपाई…’को भिडियो सार्वजनिक भएको छ।यो गीतको भिडियोलाई भिडियो क्राफ्ट नेपाल युट्युव च्यानलबाट हालै रिलिज गरिएको छ।

यो गीतलाई बालन्द राईले संगीत गरेका हुन्।गीतको शब्द पनि उनकै हो ।गीतको भाव अनुसारको म्युजिक भिडियो निर्माण गरिएको छ।भिडियोमा गायिका तथा मोडल सरिता भारती,अभिनेता प्रवण भुसाल र मोडल तथा मेकअप आर्टिस्ट बिना रानामगरको अभिनय रहेको छ।वियोगान्त भावको यो गीतको भिडियोमा त्रिकोणात्मक प्रेम कथा प्रस्तुत गरिएको छ।

आफ्नो प्रेमीले आफुलाई धोका दिएर अर्की युवतीसँग प्रेम कथाको पीडा यो गीतको भिडियोमा प्रस्तुत गरिएको छ।भिडियोमा कलाकारहरुको केमेस्ट्री राम्रो छ।
यो गीतको भिडियोलाई सुवर्ण कुमार श्रेष्ठले छायाँकन गरेका हुन्।जसमा सम्पादन पनि सुवर्णकै रहेको छ।भिडियोको कलरिङ सुरेश कुमार राउतले गरेका हुन्।यो भिडियो डब्बु क्षत्रीको निर्देशनमा तयार भएको हो ।

प्रतिक्रिया