दीक्षितको ‘ परदेशी मित्र ‘ सार्वजनिक

इनेप्लिज २०७८ मंसिर ६ गते १०:४९ मा प्रकाशित
२०७८ मङ्सिर ५, काठमाडौँ।भुँडी पुराण प्रकाशनद्वारा आयोजित एक कार्यक्रममा साहित्यकार श्रीओम श्रेष्ठ रोदनले इन्दिरा दीक्षितको कथासङ्ग्रह ‘परदेशी मित्र’ को विमोचन गर्नुभयो।कार्यक्रमका प्रमुख अतिथि रोदनले कथाकार दीक्षितको कथाकृतिको सफलताको कामना गर्दै निरन्तरको साधनाले स्रष्टाको लेखनलाई उचाइ प्रदान गर्ने कुरा बताउनुभयो।
सो अवसरमा ज्ञानु अधिकारी,डा.विदुर चालिसे,डा.लेखप्रसाद निरौला,यादव भट्टराई लगायतले स्रष्टा इन्दिरा दीक्षितको लेखन यात्रा र विमोचित कथाकृतिका बारेमा आफ्ना धारणा व्यक्त गर्नुभएको थियो।कथाकार दीक्षितले पाठक र समालोचकको मार्गनिर्देशनले आफूलाई अझै लेख्न उत्प्रेरित गर्ने बताउनुभयो।
कार्यक्रम कृतिको प्रकाशन संस्था भुँडी पुराणका प्रबन्ध निर्देशक केशव पराजुलीको सभापतित्वमा सम्पन्न भएको थियो।सो अवसरमा कृति प्रकाशन गर्न पाएकामा पराजुलीले खुसी व्यक्त गर्दै राम्रा कृतिको माग बढी हुने बताउँदै पठन संस्कृतिको विकास अपरिहार्य रहेको सन्दर्भ औल्याउनुभयो।दीक्षितका यसअघि ‘सम्बन्धका घुम्तीहरू’ (२०७४) कथासङ्ग्रह र ‘ विरचित पाइलाहरू’ (२०७५) नियात्रा कृति प्रकाशित छन्।

प्रतिक्रिया