एक महिना अघि हैटीमा अपहरण गरिएका दुई धर्म-प्रचारक हरूलाई रिहा गरिएको अमेरिकामा रहेको क्रिश्चियन सहायता मन्त्रालयको एक विज्ञप्ति अनुसार जनाईएको छ ।
सीएनएनले उनीहरूको रिहाइको स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन भनि समाचारमा उल्लेख गरेको छ ।
“हामीले थाहा पायौं कि हैटीमा बन्धकहरू मध्ये दुई जना रिहा भएका छन्। हामी यसको लागि भगवानको प्रशंसा गर्छौं । केवल सीमित जानकारी प्रदान गर्न सकिन्छ, तर हामी प्रतिबेदन (रिपोर्ट )गर्न सक्षम छौं कि रिहा गरिएका दुई बन्धकहरू सुरक्षित छन्, उत्साहित छन्, र हेरचाह गरिँदै छन , संगठनले आइतबार भन्यो।
विज्ञप्तिमा भनिएको छ, “हामी यस रिहाइमा हर्षित छौँ, हाम्रो हृदय अझै १५ व्यक्तिहरूसँग छ जो अझै पनि बन्धक बनाईएक छन्।” गत १६ अक्टोबरमा राजधानी सहर पोर्ट-ओ-प्रिन्सको उत्तरपूर्वमा सवारी साधन (कार)मा यात्रा गर्ने क्रममा १६ अमेरिकी र १ क्यानाडेलीलाई हैटी गिरोह ४०० मावोजोले अपहरण गरेका थिए।
उनीहरूमा एक शिशु, एक ३ वर्षीय र एक ६ वर्षका बालक छन्। वृद्ध, साथै दुई जवान किशोरहरू समेत रहेका छन् ।
सीएनएनले अहिलेसम्म अमेरिका वा हैटीका अधिकारीहरूबाट कुनै पनि बन्धकलाई रिहा भएको बारे पुष्टि गरेको छैन।
हैटी प्रहरी ,हैटी स्थित अमेरिकी दूतावास, न्याय मन्त्री, परराष्ट्र मन्त्री र प्रधानमन्त्रीको कार्यालय, र अमेरिकी विदेश विभागले टिप्पणीको लागि अनुरोधलाई तुरुन्तै प्रतिक्रिया नपाएको सिएनएनले जनाएको छ ।
प्रतिक्रिया