अनेसासले मनायो अन्तरास्ट्रिय बालदिवस !

इनेप्लिज २०७८ मंसिर ५ गते १२:०६ मा प्रकाशित

सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्र सङ्घले बाल अधिकारसम्बन्धी महासन्धि पारित गरेपछि यस दिनलाई अर्थात नभेम्वर २० लाई  अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको रुपमा मनाउन थालीएको हो।बालबालिकाको चासोका विषयलाई संघको ‘चार्टर’ मा अटाएर विश्वभरका केटाकेटीका सोच र उद्देश्यलाई समर्पित गरी यो दिवस मनाउन थालिएको हो।संयुक्त राष्ट्रसंघको साधरणसभाले बालबालिकाको अधिकारको बारेमा घोषणापत्र जारी गरेर हरेक बालवालिकालाई उस्को बिकासका लागि चाहिने सम्पूर्ण कुरा पाउने अधिकार,

भोकलागेमा खाना,बिरामि पर्दा उपचारको अधिकार

अपराधामा संलग्न भए पुनस्थापना र सुधार अनि अनाथ भए संरक्षण को अधिकार,बिपद्मा राहतको पहिलो अधिकार र सबै किशिमका शोषण बिरुध्दको र संरक्षणको अधिकार जस्ता केहि बाल अधिकारको सुनिश्चित पनि गरेको थियो।तिनै बालबालिकाको अधिकार सम्बन्धि नाराका साथ हरेक वर्ष मनाउने बाल दिवस आज साँझ जुम प्रबिधि मार्फत अनेसासकी केन्द्रिय सचिव तथा अनेसास बालताराकी संयोजक बिमला दुंगाना निरौलाले संसार भरी छरीएर रहनु भएका दोस्रो पुस्ताका तर आफ्नो आफ्नो बिषयमा विज्ञता प्राप्त गर्नु भएका भाइबैनीहरुसंग सान्दर्भिक जिज्ञासाका प्रश्नहरु राख्नु भएको थियो।इनेप्लिजको फेसबुक लाइभ प्रत्यक्ष प्रसारण गरेको उक्त कार्यक्रममा आफ्नो आफ्नो विचार,उदेश्यमा छलफल गरेर अन्तरकृया साथ संवादमा कार्यक्रम समापन भएको थियो।

मेट्रो डिसीबाट बिहेभीएर साइन्समा पिएचडी गर्नु भएकी डा.मेधा सत्यालले हामी प्रवासबाट नेपालका बालबालिको अधिकार र विकासको लागी के कस्तो र कसरी सहयोग गर्न सकिन्छ भन्ने बिषयमा बोल्नु भएको थियो| एमआइटि बोष्टनमा तारा मण्डलको वरिपरी पनि ग्रहहरु छन् भनेर अन्तरिक्ष बिज्ञान बिषयमा पिएचडी अध्ययनरत प्रोज्वल निरौलाले अन्तरीक्षको बारेमा उत्सुक  नेपालका बाल बालिकाको लागी पनि पहिलेको भन्दा प्रबिधिको विकाससंगै केही साधन र श्रोत बृधि भएको र महाबिर पुनका योजनाले पनि केहि सहयोग गर्ने विचार राख्नु भयो| मनासस भर्जिनियाकी कन्चन दाहालले अमेरिकामा पनि बिभिन्न परिस्थितिमा बाल अधिकार हनन हुने, घरेलु हिंसा र अपराधको शिकार हुने गरेको र त्यसको विरुद्धमा पनि दिवस र बाल अधिकारको आवश्यकता रहेको विचार राख्नु भएको थियो।नर्वेमा रहेर आइटि बिषय अध्यय गरिरहनु भएकी अनुश्का सुबेदीले विदेशको तुलनामा नेपालका बालबालिकाको पाउने सुबिधा र हक अधिकार न्यून् रहेकोले कुरा बताउनु भयो।शिक्षाको असमानताले पनि बाल बिकाशमा अवरोध आउने सम्भावना हुने हुँदा शिक्षामा समानता हुनु आवश्यक छ भन्ने विचार पनि राख्नु भएको थियो।कार्यक्रमको अर्को वक्ता हुनुहुन्थ्यो नेपालबाट एसिड पिडित बालिका मुस्कान खातुन।नेपालका बालबालिका पिडा, बालबालिका माथिका जघन्य अपराधहरु कसरी हटाउने भनेर खटेर लग्नु भएकी एसिड अभिएन्ता खातुनले नेपालको कानुन अझै धेरै दरो बनाउन जरुरी छ।राज्यले बाल हक अधिकारकोलागी धेरै कुरा गर्नु पर्ने त छंदौछ नागरिकले पनि आफ्नो तर्फ बाट र स्वएम बालबालिकाले पनि आफ्नो सुरक्षाकोलागी संधै सक्रिय रहने, आफ्नो आवाज बाहिर ल्याएर अपराधीलाई कर्वाही दिलाउने प्रयत्न गर्ने।बालबालिका माथिको जुनसुकै अपराधको पनि अन्त्य हुनु पर्छ र राज्यले नै कडा भन्दा कडा कानुन ल्याउनु पर्छ भन्ने विचार राख्नु भयो।अमेरिकाको प्रथम महिलाले प्रदान गर्ने विश्वकै साहसी महिलाको पुरस्कारबाट सम्मानित खातुनको साहस र हिम्वत प्रसंसा गर्दै नेपालको राष्ट्रपति बाट पनि साहसी नारी सम्मान र अरु धेरै संघ-संस्थाबाट सम्मानित खातुनको आवाज नै सम्पूर्ण पिडितको आवज झैं देखिन्थ्यो।

यसरी बालहक बालअधिकार र बालकानुन संरक्षणको लागी पनि बाल दिवसको महत्व रहेको कुराहरु पनि छलफलमा आएका थियो ।अनेसासको उपाध्यक्ष तथा बालताराका प्राविधिक सहयोगी न्युयोर्कबाट राजेन्द्र श्रेष्ठले नेपालका बालबालिको हक अधिकार र बिकासको लागी परेको बखत आफुले प्रवासबाट पनि सकेको सहयोग गर्ने कुरा राख्नु भयो भने प्रवासमा नेपाली पनको,नेपाली भाषा र साहित्यलाई दोस्रो पुस्ताले नै अगाडी लानु पर्छ भन्दै मिठो छन्दको कविताले बालबालिकालाई सुन्दर सम्बोधन पनि गर्नु भएको थियो।एक घण्टा अबधिको उक्त बालदिवसको बाल संवाद वा अन्तरक्कृया कार्यक्रमले पनि अनेसास  बालबालिकाको लागी गम्भीर छ भन्ने पुष्ठी भएको छ। कार्यक्रम प्रस्तोता विमला दुंगाना निरौला लगाएत अनेससा केन्द्रिय कार्य समितिलाई हार्दिक बधाई,साथै सम्पूर्ण बालबालिकालाई विश्व बालदिवसको शुभकामना ।

प्रतिक्रिया