गायिका रितु अधिकारीको स्वरमा ‘सोल्टेनी’ सार्वजनिक

इनेप्लिज २०७८ मंसिर ५ गते २:४० मा प्रकाशित

काठमाण्डौं।नेपाली मौलिक लोक धारमा निमार्ण गरिने गीत संगीतको बजार ब्यापक बन्दै गएको छ।गायक सन्तोष कटुवाल र गायिका रितु अधिकारीको स्वरमा ‘सोल्टेनी’ नामको गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ।

पुर्वेली लोक लयमा निर्माण गरिएको गीतमा प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ।सन्तोष कटुवालको शब्द तथा विक्रम थापाको लय सिर्जना गीतमा रहेको छ।

मौलिकधारमा निर्माण गरिएको गीतमा जिवनको खुशीको पलहरुलाई समेटिएको छ।दिनेश पराजुलीको छायाँकन ,अमृत चापागाईँको सम्पादन तथा जस बहादुर याक्खा जसुको निर्देशन छ।गीतको भिडियोमा सन्तोष कटुवाल र रितु अधिकारीको अभिनय रहेको छ।

‘सोल्टेनी’ गीतको पुरा भिडियो हेर्न तल क्लिक  गर्नूहोेस।

प्रतिक्रिया