नवलपुर सेवा समाज युएईको अध्यक्षमा सम्पत थापा

लालबहादुर ढेंगा,दुबई,युएई २०७८ मंसिर ४ गते ११:५७ मा प्रकाशित


दुबई।गएको १९ नोभेम्बर शुक्रबारका दिन दुबईको सिल्भर स्पून रेष्टुरेण्टको सभा हलमा नवलपुर सेवा समाज युएईले तेस्रो अधिवेशन सम्पन्न गरेको छ।निवर्तमान समिति २०२०–२०२१ को आफ्नो कार्यकाल सकिएको हुनाले आगामी दुई बर्षे कार्यकालका लागि नयां कार्यसमिति चयन गर्नका लागि सो अधिवेशन गरेको हो।

उक्त अधिवेशनको अध्यक्षता सोही समाजका अध्यक्ष सम्पत थापाले गर्नु भएको थियो भने प्रमुख अथितिको आशनमा नेपाली समाज युएईका अध्यक्ष गोविन्द ढकाल रहनु भएको थियो।त्यसैगरी बिशेष अतिथिमा नवलपुर सेवा समाज युएईका सल्लाहकार कृष्ण गौतम,परासी सेवा समाज युएईका उपाध्यक्ष दिपक पाण्डे र पत्रकारहरु रहेका थिए।

सोही समाजका महासचिव गोपाल प्रसाद पराजुलीद्धारा संचालन गरिएको कार्यक्रमको थालनी प्रमुख अतिथि,अध्यक्ष र बिशेष अतिथिको संयुक्त रुपमा दिप प्रजोलन र नेपाली राष्ट्रिय गीतबाट भएको थियो।

कार्यक्रम थालनी भएलगत्तै सोही समाजकी उपाध्यक्ष सरस्वती आचार्यको शुभकामना मन्तव्यसंगै क्रमशः सल्लाहकार सीता भट्टराई, प्रमुख अतिथि गोविन्द ढकाल,बिशेष अतिथि दिपक पाण्डे,अध्यक्ष सम्पत थापा र सल्लाहकार कृष्ण गौतमले आ–आफ्ना भनाईहर राखेर नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिदै निवर्तमान समितिले दिएको योगदानप्रति धन्यबाद समेत दिएका थिए।

निवर्तमान दुई बर्षसम्मको समाजले गरेको कार्यबिवरणहरु बार्षिक प्रतिवेदन महासचिव गोपाल प्रसाद पराजुलीले पढेर सुनाएका थिए।समाजद्धारा गरिएको सम्पूर्ण आम्दनी र खर्चाको बिवरणहरु कोषध्यक्ष बिष्णु अधिकारीले आफ्नो आर्थिक प्रतिवेदनमा बताएका थिए।

स्थापनाकालदेखि समाजमा रहेर महत्तपूर्ण भूमिका निर्वाह गरेको भन्दै महासचिव गोपाल प्रसाद पराजुली सम्मानित भएका थिए भने कर्मभूमि युएईलाई विट मार्दै स्वदेश नेपाल फिर्ता जाने क्रममा रहेका भेषराज भट्टराई,सीता भट्टराई र कृष्ण बन्जरालाई उहांहरुले दिएको योगदानप्रति कदर गदै सम्मान–पत्र दिएर बिदाई गरेका छन्।

आगामी दुई बर्षे कार्यकालका लागि ३० सदस्यीय नयां कार्यसमिति निर्वाचित भएका पदाधिकारीहरुको नामावली यस प्रकार रहेका छन्।क्रमशःअध्यक्षमा सम्पत थापा,वरिष्ठ उपाध्यक्षमा लक्ष्मी शर्मा,उपाध्यक्षमा जितु ठकुरी,श्रीमति सरस्वती आचार्य,श्रीमति देवी पाण्डे,श्रीमति कौशिला खरेल,महासचिवमा गोपाल प्रसाद पराजुली,सचिवमा दिलबहादुर पराजुली,सह–सचिवमा राम बन्जरा,कोषाध्यक्षमा बिष्णु अधिकारी,सह–कोषाध्यक्षमा गोविन्द कंडेल,प्रवक्तामा नरजित राना मगर, महिला संगठन बिभागमा मिना पुरी,प्रचारप्रसार बिभाग प्रमुखमा राजु भुसाल, प्रचारप्रसार बिभाग उपप्रमुखमा दिपेन्द्रराज काफ्ले,सांस्कृतिक बिभागमा श्रीमति तारा परियार,खेलकुद बिभागमा पर्शुराम पुरी रहेका छन्।

त्यसैगरी अन्य पद सक्रिय सदस्यहरुमा श्रीमति लक्ष्मी चन्द,श्रीमति बिमला पौडेल, केशव अधिकारी,श्रीमति पुनम जि.सी,श्रीमति शान्ता श्रेष्ठ,रामप्रसाद भण्डारी, श्रीमति सरिता ठकुरी,श्रीमति बसन्ती बन्जरा,ज्ञानप्रसाद भुर्तेल,कमल सापकोटा निर्वाचित भएका छन्।अन्य वरिष्ठ सल्लाहकारमा बेदप्रसाद अर्याल,सल्लाहकारहरुमा भेषराज भट्टराई र सीता भट्टराई रहेका छन्।

-लालबहादुर ढेंगा,दुबई,युएई

प्रतिक्रिया