आँचलसँग झ्याई झ्याई पञ्चे बाजा बजाउने आशिषको रहर

इनेप्लिज २०७८ मंसिर ४ गते ५:१३ मा प्रकाशित

 

काठमाडौँ।‘पिरिम नलाउने’, ‘एक कान दुई कान मैदान’,‘गलबन्दी पछ्यौरी’ लगायतका हिट गीतका गायक आशिष सचिन गौतमको नयाँ गीत ‘झ्याई झ्याई पञ्चे बाजाले’ सार्वजनिक भएको छ।शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गीतमा आशिषलाई गायिका ऋतिका श्रेष्ठले स्वरमा साथ दिएकी छन्।
मंसिर महिना अझ त्यसमा पनि बिवाहको मौसम सुरु हुँदै गर्दा सार्वजनिक गीतले विवाहको यो मौसममा थप रौनकता थपेको छ।महेश आचार्यको शब्द रहेको गीतमा एसडी योगीको संगीत छ।

गीतको भिडियोमा अभिनेत्री आँचल शर्मा र गायक आशिषको अभिनय देख्न सकिन्छ । बियोन्डको कन्सेप्टमा तयार भिडियोमा विदेश जान बाध्य एकप्रेम जोडीको कथा प्रस्तुत गरिएको छ।

भिडियोको निर्देशक कविराज गहतराजले गरेका हुन् । डान्सिङ शैलीमा तयार भिडियो नेस स्टुडियोले निर्माण गरेको हो।

कार्यक्रममा गायक तथा मोडल आशिषले राम्रो टिमवर्क, नेस स्टुडियोको सहकार्यले गीतको भिडियो राम्रो बनेको बताए । फरक जनराका संगीतकर्मीहरुसँग काम गर्न पाउनु आफ्ना लागि सौभाग्य रहेको उनको भनाई रहेको छ।

अभिनेत्री आँचल शर्माले भिडियो अभिनय गर्दाको रमाइलो अनुभव सुनाइन्।

नेस स्टुडियोका एसडी योगी, ब्रिजेश श्रेष्ठले समेत भिडियोमा काम गर्दाको अनुभव राखेका थिए । सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन छ

प्रतिक्रिया