काठमाडौँ।मोडल तथा गीतकार इन्दु दनुवार र सुरज लामिछानेको नयाँ म्युजिक भिडियो ‘सहारा’ एउटा छुट्टै प्रेम कथा सार्वजनिक गरिएको छ।प्रताप दासको सुमधुर स्वर रहेको गीतमा साचो माया जो सङ पनि हुन सक्छ चाहे उ अन्धो अपाङ्गनै किन नहोस अनि मायामा सहयोग अनि समर्पण एक्दम जरुरी हुन्छ र मायाले नै कसैको जीवनमा नयाँ मोड ल्याउन सक्छ भन्ने कुरालाइ कथाकार अनि निर्देशक सुरज लामिछानेले देखाउन खोजेका छन्।
भिडियोमा निक्स शर्मा र इन्दु दनुवार फिचर्ड छन्।भिडियोमा कलाकार मोडेल रोशन बुढाथोकी, सुरेश देसार र यमुनाको पनि अभिनय रहेको छ।कोरियोग्राफर नारायण रिजाल,सिनेम्याटोग्राफर,ड्रोनमा मोहन कुमार झिल्लु,मेकअपमा सोनि राई,स्टिल क्यामरामा के बि नेपाली अनि कलर एडिटिङमा अनिल कुमार महर्जन रहेका छन्।भिडियो ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको छ।
प्रतिक्रिया