नेपाली कांग्रेसको १४ औ महाधिवेसनमा मोरङ क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा बसन्त होमागाईको जित हुने सम्भावना बढेर गएको छ।क्षेत्रीय अधिवेशन नजिकदै गर्दा बसन्त होमागाईको पक्षमा लहर आएपछि उनी नै सभापति हुने सम्भावना बढेको हो।
क्षेत्रका अधिकांस क्षेत्रीय प्रतिनिधिहरू होमागाईको पक्षमा देखिएपछि उनको जितको सम्भावना बढेको छ।क्षेत्रिय प्रतिनिधि, कांग्रेसका आम कार्यकर्ताको रहर भावना पनि होमागाईलाई नै सभापति बनाउने देखिएको छ।
होमागाई क्षेत्र नं ४ को कांग्रेसले आशा र भरोसको नेताका रूपमा पनि चिनिन्छन्।कांग्रेसभित्र चरम गुटबन्दी हुने गरे पनि होमागाई आम काग्रेसीहरुको रोजाईमा पर्ने गरेका छन।यसले गर्दा पनि उनको पार्टीभित्र बलियो पकड छ।
यसका अलावा उनी पार्टी कार्यकर्तालाई गुटगत भन्दा पनि समग्र रूपमा हेर्ने गर्छन्।सबैलाई सहयोग गर्ने भऐकाले कार्यकर्ताहरूले बढी विश्वास गर्छन् ।
१३ औ महाधिवेशनमा क्षेत्रिय सभापतिमा ३ मतले पराजित भए पनि पार्टीको तथा समाजिक कार्यमा निरन्तर लागिपरिरहेका होमागाईको टिममा प्रदेश सभा क्षेत्र ‘क’ को सभापतिमा विजय माझी र प्रदेश सभा क्षेत्र ‘ख’ मा विनायक पन्त रहेका छन।
यी दुबै चर्चित र प्रभावशाली युवा सहितका अव्वल टिमलाई समेटेर हिडेकाले पनि होमागाई समुह वलियो रहेको जानकारी मोरङ कटहरीका एक मतदाताले गराएका छन।
होमागाईले मोरङ क्षेत्र नं ४ लाई यस कार्यकालमा कांग्रेसमय बनाउन आफ्नो उम्मेदवारी रहेको र यस पटक क्षेत्र नं ४ को सभापतिको विजेता भएमा अर्को पटक पद ओगटेर नबसी अन्य साथिहरुलाई सघाउने समेत घोषणा गर्नु भएको छ।
होमागाईको जितले क्षेत्र नं ४ मा काग्रेसको माहोल बन्ने कुरामा आम काग्रेसीहरुमा विश्वास रहेको पाईएको छ।
प्रतिक्रिया