न्यायाधीशहरु विरुद्ध समेत आक्रमक बन्दै नेपाल बारको आन्दोलन

इनेप्लिज २०७८ कार्तिक ३० गते ११:१९ मा प्रकाशित

काठमाडौं।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै तीन सातादेखि आन्दोनरत नेपाल बार एसोशिएसन सर्वाेच्चका न्यायाधीशहरु विरुद्ध समेत खनिएको छ।

प्रधानन्यायाधीश जबराले सम्वादमा आउन भन्दै प्रेस विज्ञप्ति निकालेपछि अघोषित रुपमा आन्दोलनमा उत्रेको सर्वाेच्च बारका न्यायाधीशहरुबीच कित्ताकाट भएपछि नेपाल बार आक्रमक भएको हो।

हिजो नेपाल बार एसोसिएसन सँग छलफलमा नगएका सर्वाेच्चका ६ न्यायाधीशहरु विरुद्ध समेत आन्दोलन गर्ने नेपाल बार एसोशिएसनका महासचिव लिलामणी पौडेलले बताएका छन्।प्रधान्यायाधीशको निरन्तरताका लागि गरिने पहल मान्य हुने छैन।तपाईंहरूविरुद्ध पनि आन्दोलनमा लाग्छौं, ’ महासचिव पौडेलले भने।

न्यायाधीशहरूबीचमा नै फुट आइरहेका बेला बारले उनीहरूप्रति खबरदारी गरेको हो।न्यायाधीशहरूबीचको फुट प्रधानन्यायाधीश जबरालाई जोगाउने कदम भएको उनीहरूको बुझाइ छ।

प्रतिक्रिया