पुष्पा खनालले पाइन् सर्वोत्कृष्ट गीतकार अवार्ड

इनेप्लिज २०७८ कार्तिक २८ गते १३:१३ मा प्रकाशित

काठमाडौँ संवाददाता । गीतकार पुष्पा खनाललाई सगरमाथा म्युजिक अवार्ड २०७८ को सर्वोत्कृष्ट आधुनिक गीतकार (महिला) अवार्ड प्राप्त भएको छ । केवल माया गीतका लागि उनलाई सो अवार्ड प्रदान गरिएको हो । अर्थ नेपालले हिजो काठमाडौँमा आयोजना गरेको अवार्ड वितरण कार्यक्रममा उनलाई सो अवार्ड प्रदान गरिएको हो । यस अवसरमा गीत सङ्गीतका अन्य विविध ४८ विधाका सम्मान तथा पुरस्कारहरू वितरण गरिएको थियो ।

सरोज कोइराला र अञ्जु पन्तको स्वर तथा सरोज कोइरालाको सङ्गीत रहेको यो गीत पुष्पाको आफ्नै युट्युव च्यानल दीपुष्पा क्रियसन्स्मार्फत् सार्वजनिक भएको छ ।

गोविन्दमधुर आचार्यको सङ्गीत संयोजन रहेको गीतमा मोडल श्रीदेव भट्टराई, ममता चापागाईँ, लोकराज अधिकारीले अभिनय गर्नुभएको छ । हेम प्रभासले निर्देशन गर्नुभएको यो गीत सबै पुस्ताबीच उत्तिकै लोकप्रिय रहेको छ ।

निज खनाल कामको सिलसिलामा अमेरिका भएकाले हिजो काठमाडौँमा आयोजना गरिएको अवार्ड वितरण समारोहमा उहाँका पुत्ररत्न आश्वीनलाई उहाँको अवार्ड हस्तान्तरण गरिएको थियो । खनालको यही गीत नवौँ म्युजिक खबर म्युजिक अवार्ड, सर्वोत्कृष्ट गीतकार विधामा पुनः मनोनयनमा गरेको छ ।

गीतकार खनालका दुई वटा गीति कृति प्रकाशित छन् भने आमा बोलको गीतले सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत अवार्ड प्राप्त गरिसकेको छ । विगत तीव वर्षभन्दा लामो समयदेखि साहित्यमा कलम चलाइरहनुभएकी खनाल नेपाली साहित्यका स्थापित संस्थाहरूको कार्यकारिणी पदमा रहेर नेपाली साहित्यिक क्षेत्रमा योगदान गरिरहनुभएको छ ।

पुष्पा खनाल कामको सिलसिलामा अमेरिका भएकाले हिजो काठमाडौँमा आयोजना गरिएको अवार्ड वितरण समारोहमा उहाँका पुत्ररत्न आश्वीनलाई उहाँको अवार्ड हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया