एक पटकको नेपाली सधैको नेपाली बोलको गीत सार्वजनिक

इनेप्लिज २०७८ कार्तिक २८ गते १:५१ मा प्रकाशित

काठमाण्डौं।क्यानडामा रहेर पनी नेपाली साहित्यमा सक्रिय गीतकार प्रमीला बस्नेतको रचना रहेको ’एकपटकको नेपाली सधैको नेपाली ’ बोलको गीतको भिडियो युट्यु मार्फत सार्वजनिक भएको छ।गीतमा कृष्ण काफ्ले,रिता के.सी, सुवास खड्का र गृस्मा खड्काको स्वर रहेको छ।सरोज प्याकुरेलको संगीत रहेको गीतमा एरेन्जर मनोहर सुनामको एरेन्ज र भोला पौडेलको रेर्कडिङ तथा मिक्सिङ रहेको छ।

विदेशमा बस्ने एनआरएन नेपालीको कथा समेटिएको गीतमा विदेशमा बस्ने नेपालीको पिडा,नेपालमा गरेको समजसेवा र नेपाल प्रतिको मायालाई समेटिएको छ।

विदेशमा बसेर नेपाललाई धेरै माया गर्ने गीतकार प्रमिला बस्नेतले एनआरएनको नेपाल प्रतिको माया र प्रेमलाई समेटेर यो गीत तयार गरिएको जनाएकी छिन्।

विदेशमा बस्ने कतिपय नेपालीले वाध्यताले त्याँहाको सिटिजनसिप वा ग्रीन कार्ड लिएका हुन्छन्।त्यो लिदैमा नेपाली मन र नेपाल प्रतिको माया नमेटिने गीतमा उल्लेख भएको छ।त्यस्तै विदेशमा कामको सिलसिलामा बसेका नेपालीको पिडा पनि गीतले बोकेको छ।

यो गीतको भिडियोमा पनि चारै जना गायक गायीका तथा प्रमिला बस्नेत,देवी अधिकारी र केशव अधिकारीको अभिनय रहेको छ।भिडियोमा बासु बरालको छायांकन,देबेन्द्र कुवरको क्रोरियोग्राफी तथा कृएटिभ डाइरेक्सन र अनिल रानाको सम्पादन रहेको छ।भिडियोमा नेपाल र नेपाल वाहिरको दृष्य समेटिएको छ।डाक्टर घनश्याम खतिवडाको स्वरमा  न्यारेसन रहेको भिडियोलाई सरोज प्याकुरेलले निर्देशन गरेका छन्।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया