नेपाली हाँस्यब्यङ्ग्य टेलिभिजन कार्यक्रहरु निर्माण तथा बिक्रि गर्ने मिडिया हव प्रा.लि. ले नयाँ सिरियल निर्माण गरेको छ।प्रत्येक साताको बिहीबार प्रशारण हुने उक्त सिरियलको नाम तगारो राखिएको छ।
समसामयिक,सामाजिक,राजनैतिक तथा पारिवारिक कथा बस्तुमा समाबेश गरिने तगारोलाई कृष्ण लामिछानेले निर्देशन गर्नेछन् भने कृष्णलाई सरिता दुलालले लेखनमा साथ दिनेछिन्।मेरी बास्सैका निर्देशक समेत रहेका चर्चित कलाकार दमन रुपाखेती (घरज्वाई) निर्देशन सल्लाहकारका रुपमा रहनेछन्।
सबै नयाँ कलाकार रहेको उक्त सिरियलमा कृष्ण लामिछाने,एन्जल बिएसके,आर.बि. शर्मा, ज्ञान बहादुर खड्का,निरज मोक्तान,नविन काफ्ले,प्रमिशा क्षेत्री लगायतका कलाकारहरुले अभिनय गर्नेछन्।मिडिया हवको प्रडक्सनमा तयार गरिने उक्त सिरियललाई रेशम दर्लामीले खिच्नेछन् भने रबिन भट्ट,सरिता गौतम र अशोक चौधरीले सम्पादन गर्नेछन्।
हिजो बिहिबार पहिलो भाग सार्बजनिक गरेको तगारोले दर्शकको राम्रो प्रतिकृया पाएको छ । सबै नयाँ कलाकार समावेश भएपनि कथा बस्तु र प्रस्तुतीकरणमा भने केही नयाँ गर्न खोजिएको छ।रमाईलो चैं के भने यो सिरियलले चर्चित टेलिचलचित्र सक्किगोनी संग प्रतिस्पर्धा गर्नुपर्नेछ । एकातिर नयाँ कलाकारहरु, अर्कोतिर पछिल्लो पुस्ताका चलेका अनुहारहरु बिचको यो प्रतिस्पर्धाले तगारोलाई थोरै असर भने गर्नसक्ने देखिन्छ।
मिडिया हवले यसअघि तितोसत्य,मेरीबास्सै,भद्रगोल, जिरे खुर्सानी,अति भो,उल्टो सुल्टो लगायतका हाँस्य टेलिचलचित्रहरु निर्माण गरिसकेको छ।
प्रतिक्रिया