काठमाडौँ । गायक धुब्र बिस्कोको नयाँ गित सार्वजनिक भएको छ ।“रेलै चढी जाउ” बोलको यस गित केहि समय अघि मात्र बजारमा सार्वजनिक गरिएको हो।बजारमा थुप्रै हिट गित दिन सफल गायक बिस्कोको यस गितले पनि बजार तताउने अपेक्षा गरिएको छ।
रोमान्टिक मुद्रामा प्रस्तुत गरिएको गितको भिडियोले जो कोहीको पनि मन लोभ्याउछ।गितमा कलाकारहरु नयाँ अनुहारका देखिए पनि उनीहरु पनि भविष्यमा राम्रो संभावना बोकेका कलाकारहरु हुन्,भनेर सहजै अड्कलबाँजी गर्न सकिन्छ।उनीहरुको अभिनयले पनि गितको भिडियोमा अझ श्रृङगार थप्ने काम गरेको छ ।
गायक बिस्को पछिल्लो एक दशक यता सक्रिय एवं लोकप्रिय गायक हुन्।बजारमा आएका काग दाजै,टपरीमा भात,राइफलको सिरानी,व्युटि पार्लर,सिल्की कपाल लगायतका थुप्रै गितहरु उनका हिट नंम्बर मानिन्छन्।
भर्खरै बजारमा आएको उनको पछिल्लो गित “रेलै चढी जाउ” गायक बिस्कोले अपेक्षा गरेको गित समेत हो।गितमा शव्द शारिका घिमिरेको रहेको छ भने लय तथा स्वर गायक बिस्कोकै रहेको छ।महिला आवाजमा उनलाई गायीका अनु चौधरीले आफ्नो सुमधुर स्वर मार्फत साथ दिएकी छन्।
गितको भिडियोमा बलराम परियार,सायना श्रेष्ठ र जेरी भण्डारीको अभिनय रहेको छ।भिडियो निर्देशन भने सुरेन्द्र मल्ल ठकुरीले गरेका हुन्।गितलाई दिया प्रोडक्सन युटुब च्यानल मार्फत हेर्न सकिन्छ।
पुरा भिडियो हेर्नुहोस्…
प्रतिक्रिया