रातको १२ बजे घरमै गएर खुकुरी हाने ! भैलोको बिषयमा यस्तो बिवाद

इनेप्लिज २०७८ कार्तिक २५ गते १:१० मा प्रकाशित

पछिल्लो समयमा कास्की जिल्लाको सुरक्षामा चुनौति देखिएको छ । बारम्बार कास्कीमा बारम्बार घटनाहरु भइरहेका छन् । प्रहरी स्रोतका अनुसार कास्कीमा पछिल्लो पटक धेरै घटनाहरु भएका छन् तर, सुरक्षामा निकै चुनौति भएको दाबि छ ।

गत २१ गते जिरोकिमी–विन्दवासिनी सडकको पस्र्याङस्थित गणतन्त्रचोकको जेव्राक्रसमा सवारीले ठक्कर दिँदा १४ बर्षिय शुभम खनालको मृत्यु भयो।तनहुँ दमौली घर भएका शुभमलाई ठक्कर दिने सवारीलाई कास्की प्रहरीले अझै पहिचान गर्न सकिरहेको छैन।यसरी नभेटिनु प्रहरीका लागि कुनै नौलो कुरा भने होइन् । यी त एक उदाहरणका घटनामात्रै हुन्।

त्यस्तै तिहारको भाइ टिकाको दिनमा पोखरा सेदीमा पनि आसिष थापामाथि एक समूहले कुटपिट गरे । थापालाई कुटपटि गर्ने ५ जनालाई पक्राउ गरेपनि २ जना अझै फरार रहेको घाइतेका आफन्तले बताएका छन्।कुटपिट गर्ने अहिले फरार रहेका छन्।

केही दिन अघि पोखरा ३० शिशुवाका बिर्जेश गुरुङमाथि खुकुरी प्रहार भएको थियो।उक्त घटनामा जाहेरी नपरेको भन्दै कास्की प्रहरीले पछिल्लो समयमा अनुसन्धान गर्न नै छाडेको छ।

पोखरा १७ का कल्पना गुरुङ र बिमला छल्यालको पोखरा १७ का दिपेन रानासंग समान्य विवाद भएको थियो त्योपनि ३ वर्ष अघि।उनीहरुको विवाद तिहारको समायमा धेरै चुलियो।देउसी भैलो खेल्दा रकम लुकाएको भन्दै त्यतिबेला विवाद भएको थियो । सोही व्यक्तिले अहिलेपनि देउसी भैलो खेलाएकै निहुँमा झगडा हुन पुगेको थियो।२३ गते कल्पाना र विमला वडा प्रहरी कार्यालय बैदाममा उजुरी दिन आएका थिए । प्रहरीले दुवै पक्षको मिलापत्र गरेर पठाइदिए।

२३ गते राती १२ बजे नै बिमला छत्यालको भाइ ससिन छत्याल र उज्वल बलामीमाथि मिलपत्र गरेका दिपेनका समूहले नै खुकुरी प्रहार गरेको पिडितका आफन्त बताउछन्।घाइतेको फेवासिटी अस्पतालमा उपचार भैरहेको छ।ससिन छत्यालको टाउकोको पछिल्लो भागमा गहिरो चोेट लागेको छ।अहिलेसम्म उनको होस आएको छैन।उज्वल बलामीको भने टाउको र हातमा चोट लागेको छ । बुधबार दिउँसो मात्र उनको होस आएको हो।

उक्त घटनामा नै रोशन नेपाली सामान्य घाइते भएका छन् । नेपालीलाई कुटपिट गर्न लाग्दा आमाले जोगाएकी थिएइन।उक्त घटनामा रोशनको आमाको १ तोला सुन हराएको पिडीतको भनाइ छ । उक्त घटनामा ९ जना युवाले उनीहरुमाथि कुटपिट गरेको पिडितको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय कास्की प्रवक्ता डिएपी सुवास हमालले घटनाको विषयमा अनुसंधान भैरहेको बताए।चार्डपर्व भएको कारण पनि केही घटना बढेको उनको भनाइ छ।

प्रतिक्रिया