विराटनगर,२२ कात्तिक।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तहको निर्वाचनमा एमाले कोशीको भेल जस्तो आएर सबै पार्टीलाई पराजीत गर्ने बताउनु भएको छ।
एमाले मोरङ जिल्ला कमिटीद्वारा आज यहाँ आयोजित विजया दशमी,शुभ पिवाली ,नेपाल सम्बत्–११४२,इद,छठ पर्व,उद्योली–उभौली लगायतका राष्ट्रिय चाडहरुको अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा उहाँले एमालेले जनताको मनमा वस्ने गरि विकास निर्माणको काम गरेकोे कारण आगामी निर्वाचनमा अत्याधिक मतले पार्टी विजयी हुनुका साथै अन्य पार्टीलाई किनारा लगाउने दावी गर्नु भयो।
अध्यक्ष ओली आगामी निर्वाचनमा एमालेको प्रतिष्पर्धा काँग्रेससँग मात्र हुने चर्चा गर्दै आफ्नो पार्टीको सरकार ढाल्नमा भूमिका खेल्नेहरुको आगामी निर्वाचनमा जमानत पनि जोगाउन नसक्ने धारणा राख्नु भयो।
उहाँले चाँहेमा वर्तमान सरकार एक सातामा ढालिदिने बताउँदै तर अपजस लिनु भन्दा आगामी १३ महिनापछि हुने निर्वाचनबाट जनताको मतबाट आफै ढल्ने दावी गर्नु भयो।
कार्यक्रममा सङ्घीय पूर्व मन्त्री,प्रदेशका पूर्व मुख्यमन्त्री,पूर्वमन्त्रीहरु,प्रदेश सभाका सदस्यहरु,पार्टी जिल्लास्तरीय कार्यकर्ताहरु एवं सर्वसाधारण नागरिकको उपस्थिति रहेको थियो।
प्रतिक्रिया