विराटनगर,१६ कात्तिक।प्रदेश नं १ का नव नियुक्त मुख्यमन्त्री राजेन्द्र राईको सरकारको आज साँझ बसेको पहिलो मन्त्रिपरिषदको बैठकले निवर्तमान मुख्यमन्त्री भीमप्रसाद आचार्यको मन्त्रिपरिषद्ले गरेका सबै निर्णय र राजनीतिक नियुक्तिहरु खारेजीको प्रकृय सुरु गर्ने निर्णय गरेको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले मुख्यमन्त्रीमा आचार्यको नियुक्ति नै संविधान सम्मत नभएकोले त्यस यता भएका सबै निर्णय पुनरावलोकन गरी खारेज गर्ने प्रकृयामा लैजाने निर्णय गरेको आर्थिक मामिवा तथा योजना मन्त्री इन्द्रवहादुर आङवोले जानकारी दिनु भयो।
बैठकले प्रदेशका १३७ स्थानीय तहका विपन्न, दलित, अल्पसंख्यक, र सीमान्तकृत समुदाय मध्येबाट एक÷एक जना विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययन गर्न छात्रवृत्ति दिने निर्णय गरेको छ।
यस्तै बैठकले लोपोन्मुख संस्कृति संरक्षणको लागि कार्यविधि निर्माण गर्ने निर्णय गरेको मन्त्री आङ्बोले बताउनु भयो।
प्रतिक्रिया