गायिका निशा कँडेलको ‘पिरतीको खुल्ला आकाशमा’ सार्वजनिक ( भिडियो )

इनेप्लिज २०७८ कार्तिक १५ गते १६:३५ मा प्रकाशित

काठमाडौं– गायिका निशा कँडेलको सुमधुर स्वरमा सजिएको  ‘पिरतीको खुल्ला आकाशमा’ बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ।

अस्ट्रेलियामा रहेर उत्कृष्ट संगीत सिर्जनामा सक्रिय टिका दहालले संगीतवद्द गरेको यस गीतलाई दर्जनौ चर्चित गीतहरु लेखेका गीतकार रमेश दहालले लेखेका हुन्। मेलोडियस भर्सनको गीतमा राहुल प्रधानको संगीत संयोजन रहेको छ।अभि लामाले कोरियोग्राफी गरेको भिडियोमा स्वयम् गायिका निशा कँडेल फिचर्ड छिन्।फराज अर्पणको छायांकन, सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो।

लिजेन्स इन्टरनेशनलको एजुकेशनको प्रस्तुति रहेको यस गीतको म्युजिक भिडियोलाई गायिका कँडेलको आधिकारिक च्यानल निशा कँडेल मार्फत भिडियो सार्वजनिक गरिएको हो।यसअघि गायिका कँडेलकोको स्वरमा तस्विर,म के भनु,नेपाली छोरी’ सधैलाई सार्वजनिक भैसकेका छन्।

भिडियो सार्वजनिक भए संगै निर्माण टिमले टिकटक कम्पिटिसनको घोषणा गरेको छ।निर्माण टिमका अनुसार उत्कृष्ट प्रस्तुतिका आधारमा एक जना र दर्शकबाट भिडियोमा धेरै लाइक्स पाउने एक जना गरेर २ जनाले नगद १० / १० हजार हौसला स्वरूप पुरुस्कार प्राप्त गर्ने छन्।

प्रतिक्रिया