विराटनगर,१४ कात्तिक।भूमि व्यवस्था,सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले सुकुम्वासीहरुलाई चौडै जग्गाको लाजपूर्जा वितरण गरिने बताउनु भएको छ।
प्रेस संगठन नेपाल मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले अहिलेसम्म आफ्नो जग्गामा पाइला हाल्न नसक्ने,छाप्रो समेत नभएका सुकुम्वासी,गरीव,दलित भूमिहिनलाई जग्गा वितरण यथाशिघ्र गर्ने प्रतिवद्धता व्यक्त्त गर्नु भयो।
डिजिटल नक्सा निकाल्ने कार्यमा विचौलियाको चलखेल नियन्त्रण प्रकियाको थालनी भएको बताउनु भएको छ मन्त्री श्रेष्ठले दावी गर्नु भयो।
उहाँले नापी शाखामा सेवाग्राहीलाई जग्गाको हालसावी गर्ने कार्य सरल एवं सहज ढंगले उपलव्ध गराउन मिलोमतो विचौलियामार्फत गरिने कार्य अविलम्व रोक्ने प्रतिवद्धता व्यक्त्त गर्नु भयो।
मन्त्री श्रेष्ठ भूमि आयोग संविधानीक व्यवस्था एवं ऐन अनुसार गठन भएको बताउदै यो स्थायी रुपमा रहने र चाँडै पूर्वतयारी सम्पन्न भएपछि जिल्लामा गठन गरिने जानकारी दिनु भयो।
उहाँले जिल्लास्तरीय भूमि आयोगमा आन्दोलनकर्मी एवं अधिकारीकर्मीको प्रतिनिधित्व हुने छ भन्दै लाभमात्र खोज्नेलाई त्यसमा कुनै स्थान नहुने विचार राख्नु भयो।
एक प्रश्नको जवाफमा उहाँले वर्तमान सरकार संविधानको रक्षा गर्न एवं सङ्घीय गणतन्त्रलाई संस्थागत गर्न नागरिक समाज,सञ्चारकर्मी एवं आन्दोलनकर्मी राजनीतिक दलहरुको पहलमा संसद स्थापनाबाट गठन भएको हो भन्नु भयो।
प्रतिक्रिया