सरकारले फुटबलमा लगानी बढाउने मुख्य प्रशिक्षक अलमुताइरीकाे विश्वास

इनेप्लिज २०७८ कार्तिक १४ गते ११:५१ मा प्रकाशित

काठमाडौं।नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाल सरकारले फुटबलमा लगानी बढाउने विश्वास व्यक्त गर्नु भएकाे छ।

शनिबार राति नेपाल आईपुगेपछि विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै अलमुताइरीले नेपाल सरकारले फुटबलमा लगानी बढाउने विश्वास व्यक्त गर्नुभएकाे छ।

अलमुताइरीले साफ च्याम्पियनसिपपछि नेपाली फुटबल समर्थकहरु उत्साहित भएको र यसले गर्दा सरकारले नेपाली खेलाडीका लागि लगानी बढाउनेमा आशावादी रहेको बताउनु भयाे।

‘मलाई लाग्छ सरकारले नेपाली फुटबल खेलाडीका लागि लगानी बढाउने छ।त्यसैले मलाई लाग्छ हामी केही गर्न सक्छौ,’अलमुताइरीले भन्नुभयाे ।

साफमा भारतसँग पराजित हुँदै उपविजेता बनेको थियो।तर अलमुताइरीले अब साफ जित्ने विश्वास व्यक्त गर्नुभयाे।

‘हामी यस पटक उपविजेता भयौ।हाम्रो उदेश्य आगामी संस्करणको साफ च्याम्पियनसिप जित्नु हो।र यसका लागि हामीले मेहनत गर्नुपर्छ,’ अलमुताइरीले थप्नु भयाे ।

 

प्रतिक्रिया