गायक प्रमोद खरेलको ’बवार्द’ भिडियो सहित

इनेप्लिज २०७८ कार्तिक १४ गते २:२८ मा प्रकाशित

काठमाण्डौं।लोकप्रिय गायक प्रमोद खरेलको स्वरमा रहेको ’बवार्द’ गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक छ।प्रेमील जोडीहरुको मायाको भावलाई गीतमा कलात्मक रुपमा प्रस्तुत गरिएको छ।प्रेममा भएको घातबाट जिवनमा पर्ने चोटलाई गीतमा समेटिएको छ।सन्तोष कटुवालको शब्द र संगीत एवम अलिफ खानको एरेन्ज गीतमा रहेको छ ।फरक किसिमबाट प्रेमील जोडिको भावनालाई समेटिएको गीतकार सन्तोष कटुवालले बताए।

पछिल्लो समयमा सर्वाधिक लोकप्रिय निर्देशक मानिएका जस बहादुर याक्खा जसुको निर्देशन भिडियोमा रहेको छ।दिनेश पराजुलीको छायाँकन,अमृत चापागाईँको सम्पादन भिडियोमा छ।’बवार्द’ गीतको भिडियोमा सन्तोष कटुवाल , अन्जु चौलागाईँ र एलोन क्षेत्रीको फिचरिङ रहेको छ।

’बवार्द’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस

प्रतिक्रिया