काठमाण्डौं।नेपाली मौलिक कला र सस्कृति झल्किने मौलिक सभ्यतामा आधारित गीत संगीतहरुको आफनो छुटटै विशेषता रहेको छ।नेपालीहरुको दोश्रो पर्व तिहारको अवसरमा गायक सन्तोष प्रगाढ र गायिका फुलमाया तामाङको स्वरमा रहेको ’मखमली’ गीतको भिडियो विएमवि क्रियसनको आधिकारिक युटुव मार्फत सार्वजनिक भएको छ।
आपसमा दिदि बहिनी र दाजु भाई विचमा एकता पर्वको रुपमा र हर्षोउल्लासका साथ मनाइने दिपावली पर्वको महत्व र विशेषतालाई गीतमा समेटिएको छ। दिनेश सुवेदीको शब्द तथा सन्तोष प्रगाढको संगीत एवम एरेन्ज गीतमा छ।
विजय जिरेलको छायाँकन,विजय राज भुर्तेलको सम्पादन तथा देव धिमालको निर्देशन भिडियोमा रहेको छ।’मखमली’गीतको भिडियोमा सोनिया रंजित ,विजय राज भुर्तेल,विकाश शर्मा,एलिसा घिमिरे र रिया श्रेष्ठको अभिनय तथा नृत्य देख्न सकिन्छ।
’मखमली’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस।
प्रतिक्रिया