इटहरी/ कोरोना महामारी अन्त्य नभए पनि पछिल्लो समय जनजिवन भने सामान्य बनिसकेको छ।सार्बजनिक यातायात, होटल व्यवसाय, चलचित्र उधोग संगै मनोरंजन स्थलहरु पनि यतिबेला सुचारु भैसकेको छ।यस्तैमा पछिल्लो समय मौलाउदै गएको ब्युटि प्याजेण्टहरु पनि धमाधम हुन थालिसकेका छन् । युवा तथा बालबालिकालाई लक्षित गर्दै गरिने यस्ता प्याजेण्टहरु अहिले गाउगाउमा पुगिसकेको अवस्था छ।यस्तैमा बालबालिकाको सौन्दर्यता संगै लुकेको प्रतिभालाई उजागर गर्ने हेतुले संचालन भएको ‘पुर्वाञ्चल लिटिल स्टार’ तेश्रो संसकरण पुन सुरु हुने भएको छ।कोरोना महामारीको दोश्रो लहरको चपेटामा परेको यो प्याजेण्टको पहिलो चरणको अडिसन सम्पन्न भैसकेको छ।
अब आयोजक दोश्रो अडिसनको लागि तयारिमा जुटेको छ।पहिलो र दोश्रो सिजन सफलता पुर्वक सम्पन्न भएको पुर्वाञ्चल लिटिल स्टारको यो संस्करण भने केहि बृहत हुने भएको छ।यो संस्करणको सेमिफिनाले प्रदेश १ को ४ ठाउमा हुने छ।जहाबाट छानिएका उत्कृष्ठलाई फ़ाईनल प्रतिष्पर्धामा लगिने छ।४ ठाउबाटै छानिएका उत्कृष्ठ प्रतिष्पर्धीबाट एक बृहत कार्यक्रमको आयोजना गरि पुर्वाञ्चल लिटिल स्टार तेश्रो संस्करणको बिजेता घोषणा गरिने आयोजकले जनाएको छ। साईमन फिल्मस एण्ड इण्टरटेन्मेण्ट मुम्बईले आयोजना गरेको यो प्याजेण्टको साईमन राजबंशीले व्यवस्थापन हेर्नेछन।
तेश्रो संस्करणका बिजेताले ५१ हजार नगद पुरस्कार वा २ लाख बराबरको म्युजिक एल्बमको मौका पाउने छन्।त्यस्तै यो संस्करणको मुख्य आकर्षण भनेको प्याजेण्टमा सहभागी सम्पूर्णले हिन्दि गीतको अफ़िसियल म्युजिक भिडियोमा अभिनय गर्ने मौका पाउने हो । जसको लागि गीत पनि तयार भैसकेको साईमन राजबंशीले जानकारी गराए।गीतमा लोकप्रिय बालगायका प्रितम आचार्यले स्वर दिएका छन्।उनले यसअघि भारतीय टेलिभिजनको लोकप्रिय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा गएर तहल्का पिटिसकेका छन्।यस्तै उनलाई स्वरमा अस्मिता कार्कीले साथ् दिएकि छन्।उनि पुर्वाञ्चल लिटिल स्टार दोश्रो संस्करणको सहभागी हुन् । सो म्युजिक भिडियोलाई इण्डियाको चर्चित युट्युब च्यानल T-Series ‘टि-सिरिज’बाट सार्बजनिक गरिने छ।
यस्तै यहि आयोजक कम्पनि साईमन फिल्म्स एण्ड इण्टरटेन्मेण्टले विग बजेटमा निर्माण गर्न लागेको चलचित्र ‘प्रधान द लिडर’मा समेत शोका सम्पूर्ण सहभागीले मौका पाउने छन्।जुन चलचित्र नेपालि, हिन्दि,राजबंशी र भोजपुरी गरि ४ भाषामा तयार हुदै छन्।यस चलचित्रका लागि नेपालि अभिनेता सौगात मल्ललाई आयोजकले अनुबन्ध गर्ने तयारी गरेको छ भने बलिउडका बरिष्ठ अन्नु कपुर लगायतका कलाकारहरुको समेत अभिनय रहने आयोजकले जनाएको छ।तेश्रो संस्करणको अडिसन यहि कार्तिक १३ गते हुदै छ।४ ओटै ठाउमा एकै दिन अडिसन गर्न लागिएको आयोजकले जनाएको छ।
इटहरीमा पुर्वलाईन मिलन चोकमा अवस्थित पुर्वान्चल इन्स्टिच्युट अफ फिल्म एण्ड टेलिभिजनको सभाहलमा अडिसन हुदै ।यस्तै धरानमा महेन्द्रपथमा अवस्थित मुनाल सांस्कृतिक कला केन्द्रको सभाहल,बिराटनगरमा जलजला चोकमा अवस्थित डेजल म्युजिक एण्ड फिटनेसको सभाहल र बिर्तामोडमा भद्रपुर रोडको अन्नपुर्ण चोकमा अवस्थित साइ प्यालेसमा अडिसन तय गरिएको छ।सम्पूर्ण ठाउमा १२ बजेर ३० मिनेट देखि ४ बजेसम्म अडिसन हुनेछ भने बिस्तृत बुझ्नको लागि ९८११३५९८४७ नम्बरमा सम्पर्क गर्न सकिनेछ।पुर्वाञ्चल लिटिल स्टार तेश्रो संस्करणलाई राठी केबलले मुख्य प्रायोजन गरेको छ।
प्रतिक्रिया