नेपाल पेमेन्ट सोलुसन्स् र बैंक अफ काठमाडौँबिच डिजिटल इकोसिस्टम बिस्तारको लागि सहकार्य

इनेप्लिज २०७८ कार्तिक ८ गते ९:३५ मा प्रकाशित

कार्तिक ८,२०७८।काठमाडौं नेपाल पेमेन्ट सोलुसन्स्ले आफ्नोे डिजिटल इकोसिस्टम बिस्तार गर्दै बैंक अफ काठमाडौँ सँग सहकार्यको लागि सम्झौता गरेको छ।नेपाल पेमेन्ट सोलुसन्स् प्रालिको तर्फबाट श्री प्रताप श्रेष्ठ,सी.एक्सओ र श्री सिमन श्रेष्ठ, बिजनेश डेभलपमेन्ट मेनेजर तथा बैंक अफ काठमाडौँको तर्फबाट श्री अमर राजभन्डारी,हेड–कार्ड एन्ड टेक–बेस्ड सभिस् अपरेसन्स् र श्री डिलन शाक्य, अफिसर– कार्ड एन्ड टेक–बेस्ड सभिस् अपरेसन्स् ले आ–आफ्ना्े संस्थाको प्रतिनिधित्व गर्दै सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो।

यस सम्झौता अनुसार नेपाल पेमेन्ट सोलुसन्स्ले बैंक अफ काठमाडौँसँग डिजिटल इकोसिस्टम बिस्तार गरेसँगै अब,बैंक अफ काठमाडौँ सँग आवद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्स्को फन्ड ट्रान्सफर,लिंक अकाउन्ट,लोड वालेट जस्ता सम्पुर्ण सेवाहरु उपयोग गर्न पाउनेछन्।नेपाल पेमेन्ट सोलुसन्स्ले यी सेवाहरु डिजिटल वालेट,रेमिट्यान्स कम्पनीहरु मार्फत उपलब्ध गराएको छ।

नेपाल पेमेन्ट सोलुसन प्रा.लि.एक भुक्तानी प्रणाली एग्रीगेटर हो जसले विशेष गरी बैंक तथा वित्तिय संस्थाहरु,पीएस्पीहरु,रेमिट्यान्स कम्पनीहरु र व्यवसायिक क्षेत्रहरुमा केन्द्रित रहेर काम गर्ने गर्दछ।नेपाल पेमेन्ट सोलुसनले अधिकाशं “क” वर्ग,“ख” वर्ग र “ग” वर्गका बैंक तथा अन्य वित्तिय संस्थाहरुसँग सहकार्य गरी काम गरी रहेको छ।समग्रमा,नेपाल पेमेन्ट सोलुसन्स् एउटा फिन्टेक क्षेत्रमा नाम बनाईसकेको बलियो कम्पनी हो जसले ३० भन्दा बढि बैंक,२० भन्दा बढि वालेट तथा १० भन्दा बढि रेमिट्यान्स कम्पनीहरुलाई जोड्दै अघि बढिरहेको छ।

प्रतिक्रिया