विराटनगर विमानस्थल सुचारु

इनेप्लिज २०७८ कार्तिक ६ गते १९:०४ मा प्रकाशित


विराटनगर,६ कात्तिक।यही कात्तिक १ र २ गते आएको अविरल वर्षाका कारण वाढीले विराटनगर विमानस्थल क्षेत्र डुबानमा परेपछि अवरुद्ध हवाई सेवा आज विहानबाट सुचारू भएको छ।

लगातारको वर्षापछि आएको बाढी गत मंगलबार विमानस्थलमा पसेपछि उडान अबरुद्ध भएको हो।विमानस्थलको धावनमार्ग,पार्किङ एरिया जलमग्न भएपछि यहाँबाट हुने सबै उडान तथा अवतरण रोकिएका थियो।विमानस्थलको सबै उपकरणको चेकजाँच नसकिएकोले विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मात्र उडान हुने विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रमुख उत्सव खरेलले जानकारी दिनु भयो।

विराटनगरबाट हुने उडान सेवा अवरुद्ध भएपछि यात्रुहरुको सुविधाका लागि विमान कम्पनीहरूले विकल्पको रुपमा भद्रपुरबाट उडान थपेर सेवा दिइरहेका थिए। विराटनगर विमानस्थलबाट दैनिक बुद्ध एयरको नौ,यति एयरको पाँच,सौर्य एयर र श्री एयरलाइन्सले चार÷चार र गुण एयरले एक बटा उडान हुदै आएको छ।

 

प्रतिक्रिया