सांसदहरू र नेताहरू जिउँदो छँदा छँदै पनि श्राद्द गर्नुपर्ने लायकको भएकोले नै सामुहिक श्राद्द गरे ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । २०७८ कार्तिक ६ गते १६:२८ मा प्रकाशित

६०१ जना सभासद, ८८४ जना सांसद, प्रधानमन्त्री, मन्त्रीहरु, मुख्यमन्त्रीहरु र नेताहरुको निरन्तर सामुहिक श्राद्द गरे किन ? सभासदहरु, सांसदहरू र नेताहरू जिउँदो छँदा छँदै पनि श्राद्द गर्नुपर्ने लायकको भएकोले नै श्राद्द गरेको हो ।

६०१ जना सभासद, ८८४ जना सांसद, प्रधानमन्त्री, मन्त्रीहरु, मुख्यमन्त्रीहरु र नेताहरुले निर्वाचनमा जनताहरुले म्याडनेट दिए बमोजिम समयमा संविधान निर्माण गरेनन संविधान निर्माण पश्चात पनि आ-आफ्नो स्वार्थ, इच्छा र आकांक्षाहरु पुर्ण गर्नका लागि मुलुकलाई आज सम्म निकास नै नदिई मुलुकमा अनावश्यक भाँडभैलो र किचलो मच्याई अराजकता, अस्थिरता र बेथिति लगायत मुलुकमा लथालिङ्ग अवस्था छ दुई  तिहाई बहुमतको सरकार र दलीय व्यवस्था असफल भएको अवस्था छ यसकारण मैले विक्रम सम्वत २०६७ सालको मंसिर महिना देखि ६०१ जना सभासद, ८८४ जना सांसद, प्रधानमन्त्री, मन्त्रीहरु, मुख्यमन्त्रीहरु र नेताहरुको बारम्बार सामुहिक श्राद्द गरे ।

जुनसुकै राजनीतिक दलहरूको सरकारको ध्यान नै नागरिकहरु संग कर र भ्याट कसरी लिने मात्र सोच छ । मुलुकमा विभिन्न कर र भ्याटहरुको नाममा सरकारले लुटिरहेको छ । मुलुकमा सरकारले कर र भ्याट लिए अनुसारको नागरिकहरुलाई सेवा र सुविधाहरू पनि दिन सक्नुपर्छ । पहिले ६०१ जना सभासदहरुले मुलुकको ढुकुटी रित्याए । अब ८८४ जना सांसदहरुले मुलुकको ढुकुटी रित्याएर मुलुकलाई बर्बाद पारे । संघीयताको नाममा मुलुकको ढुकुटी रित्याए । प्रधानमन्त्री ,मन्त्री ,सांसद र राजनीतिक दलका नेताहरुले मुलुकलाई निकास नदिएर अनिर्णयको बन्दी बनाई रहेका छन । मुलुकको ढुकुटी रित्तो गर्न र ढुकुटी भागबन्डा लगाउन सत्तापक्ष र प्रतिपक्ष केहि पनि भन्दैनन् एक मत र एक ढिक्का हुन्छन् । मुलुकलाई निकास दिनुपर्‍यो भने सत्तापक्ष र प्रतिपक्ष भन्दछन सबै अलग-अलग कित्तामा र फरक-फरक मत राखी बारम्बार झुक्याई रहेका छन यसकारण मैले ६०१ सभासद, ८८४ सांसद, प्रधानमन्त्री, मन्त्रीहरु, मुख्यमन्त्रीहरु र नेताहरुको सामुहिक श्राद्द गरे ।

राजनीतिक दलका नेताहरूले डलर र पाउण्ड खाएर हिन्दु राष्ट्र बेचे , मुलुकको प्रायःजसो कलकारखानाहरु समाप्त पार्ने कामहरू गरे, पुरानो वाइडबोडी विमानमा चार अर्ब पच्पन्न करोड भ्रष्टाचार, नेपाल टेलिकम को फोर जी वी सेवा विस्तार ठेक्कामा १२ अर्ब भ्रष्टाचार, बालुवाटारको सरकारी जग्गा बेचबिखन, सेक्युरिटी प्रीन्टिग प्रेसमा अर्बौं रुपियाको भ्रष्टाचार र ओम्नीमा भ्रष्टाचार भएको छ । यस्ता अर्बौं रुपियाको भ्रष्टाचार कति हो कति भनी साध्य छैन । कोरोना भाइरसको महामारीमा सुलभ अग्रवालले स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको अवस्था पनि छ । नेताहरुले भुकम्प आएको बेलामा पनि बाहिरी मुलुकहरुबाट आएको बिदेशी सहयोगहरु, सर सामानहरु र राहतहरुको व्यापक दुरुपयोग गरे । कोरोना भाइरसको नाममा मेडिकल सामग्री खरिदमा मन्त्रीले डेढ अर्बको घोटाला भ्रष्टाचार यसप्रकार कोभिडको महामारी पनि अर्बौंको भ्रष्टाचार भएको छ । यसकारण मैले ६०१ सभासद, ८८४ सांसद, प्रधानमन्त्री, मन्त्रीहरु, मुख्यमन्त्रीहरु र नेताहरुको सामुहिक श्राद्द गरे ।

मुलुकमा दिनहुुँ अपराधीकरण र दण्डहीनता बढदै गइरहेको छ । प्रधानमन्त्री, मन्त्रीहरु, सांसदहरु र राजनीतिक दलका नेताहरूले मुलुकको अखण्डता र स्वाधीनतामा आँच र दखल पुर्याउने काम गरिरहेका छन । नेपालको इतिहासमा नै विक्रम संवत २०५२ साल देखि २०६२/०६३ साल हुँदै २०७८ साल आजसम्म मुलुक संक्रमण काल बाट गुजि्ररहेको अवस्था छ । विक्रम सम्वत २०६२/०६३ साल पछि प्रधानमन्त्री, मन्त्रीहरु, सांसदहरू र राजनीतिक दलका नेताहरूको कारण मुलुकको स्वाधीनता धरापमा पार्ने काम भएकोले मैले ६०१ सभासद, ८८४ सांसद, प्रधानमन्त्री, मन्त्रीहरु, मुख्यमन्त्रीहरु र नेताहरुको सामुहिक श्राद्द गरे ।

प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, संघीयता, सुकुम्बासी, जात-भात, धर्म, मधेसी, पहाडी, अधिकार, सहमति, सहकार्य, सम्झौता र संविधानको नाममा मुलुकलाई दस वर्ष द्वन्दमा धकेल्ने काम मात्र भयो । हाम्रो मुलुकमा ६०१ सभासद, ८८४ सांसद, प्रधानमन्त्री, मन्त्रीहरु र नेताहरूले बहुदल, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, संघीयता, सुकुम्बासी, जात-भात, धर्म, मधेसी, पहाडी, अधिकार, सहमति, सहकार्य, सम्झौता र संविधानको नाममा झुक्याउँदै आएकोले मैले विक्रम सम्वत २०६७ सालको मंसिर महिना देखि ६०१ जना सभासद, ८८४ जना सांसद, प्रधानमन्त्री, मन्त्रीहरु, मुख्यमन्त्रीहरु र नेताहरुको निरन्तर सामुहिक श्राद्द गर्दै आईरहेको छु ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा ।

प्रतिक्रिया