बेलवारीमा अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिता

इनेप्लिज २०७८ कार्तिक ६ गते १:५५ मा प्रकाशित


विराटनगर,५ कात्तिक।फुटबल खेलको माध्यमबाट युवाहरुको शारिरीक तथा मानसिक विकासका लागि मोरङको बेलवारीमा ‘चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलावारी गोल्ड कप–२०७८’ प्रतियोगिता हुने भएको छ।

डाँगिहाट युथ क्लबद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा यही कात्तिक ११ गतेदेखि सञ्चालन हुने फूटवल प्रतियोगितमा नेपाल तथा भारतका गरी आठ बटा टिमको सहभागिता हुने भएको छ।

प्रतियोगितामा सशस्त्र प्रहरी बल,काठमाण्डौ,हिमालय शेर्पा क्लब काठमाण्डौं, च्यासल क्लब। काठमाण्डौ,आयोजक डाँगीहाट युथ क्लब,मोरङ,रोलिङ क्लब, झापा,गाईघाट फुटबल क्लब,उदयपुर,राजारानी क्लब धनकुटा,रोयल फुटबल क्लव,सिलिगुडी (भारत) रहका छन्।

प्रतियोगितामा बिजेता हुने टीमलाई रु पाँच लाख, उपबिजेतालाई रु दुई लाख ५० हजार नगद पुरस्कार प्रदान गरिने क्लवका अध्यक्ष बिक्रम वान्तवा राईले जानकारी दिनु भयो।

क्लबका सचिव शम्भु बस्नेतले बेलबारी क्षेत्रलाई खेलकूद केन्द्रको विकास गर्न प्रतियोगिताले ठूलो मद्दत पुग्ने विचार राख्नु भयो।

बेलबरीको लक्ष्मीमार्गस्थित प्रदेशस्तरीय खेलकुद मैदानमा १० हजार दर्शक अटाउने क्षमताको रंगशालामा प्रतियोगिता सञ्चालन गरिने क्लबका सदस्य एवं सञ्चारकर्मी नरेन्द्र बस्नेतले जानकारी गराउनु भयो।

प्रतिक्रिया