लघुकथा व्यापार र सम्बन्ध

अरुणबहादुर खत्री “नदी” २०७८ कार्तिक ५ गते १०:३८ मा प्रकाशित

मनोज आफ्नो टोलबासीहरुको सेवा गर्दै हिँड्छ।छरछिमेकीहरु पनि उसको कामकाजलाई राम्रो मान्छन्।उसलाई सबैले मन पराउछन्।उसको घर मूलसडकबाट करिब ३० मीटर भित्र पर्दथ्यो।उसको घर छिर्ने सानो गल्लीको सडकमा एउटा फोटो स्टुडिओ थियो।फोटो स्टुडिओको मालिक रमेशले आफ्नो विवाहको निमन्त्रणा कार्ड डेरामा बसेर उसकहाँ फोटो खिँच्न जानेहरुका साथै फोटो स्टुडिओका नजिकका घरधनीहरुलाई बाड्न पठायो।

तर मनोजलाई भने उसको विवाहको निमन्त्रणा पुग्न सकेन।विवाहको दिनमा मनोजको आमाले “खै तपाई त फोटो स्टुडिओको मान्छेको विवाहमा बोलाएन नि” भनिन्।मलाई बोलाउन इच्छा नभएकोले नबोलाएको हुन सक्छ आमा” मनोजले भन्यो।“कि तैँले उसको स्टुडिओमा एउटा फोटो पनि नखिचेकोले नबोलाएको त होइन”आमाले भन्दा “हो त नी आमा मैले उसको स्टुडिओमा गएर आजसम्म एउटा फोटो पनि खिचेकै छैन नि त” मनोजले भन्यो।

अरुणबहादुर खत्री “नदी”

सामाखुशी साहित्य समाज,९३५÷५४,
काठमाडौं (नेपाल) मोबाइल ९८४१७९७६६४

 

 

 

 

 

 

प्रतिक्रिया