टोरोन्टोमा क्यानेडियन जोडीको नेवाः परम्परा अनुसार बिबाह

इनेप्लिज २०७८ कार्तिक ५ गते २:१८ मा प्रकाशित

टोरोन्टो,क्यानडामा नेवाः सस्कृतिलाई प्रबर्द्दन गर्नुको साथै मूलधारको क्यानेडेली समाजमा पनि यस्को मौलिक बिशेषतालाई उजागर गर्ने उद्देश्यले हालै एक जोडी क्यानेडेलीको नेवाःपरम्परा अनुसार बिबाह कार्यबिधि सम्पन्न गरेको छ।टोरोन्टो बिस्वबिद्यालयमा नेवाःबौद्द धर्मका बिबिध पक्षमा अनुसन्धान गर्दै आउनु भएका पिएच.डी.का बिद्यार्थी इयन टर्नरको र अर्का पिएच.डी. बिद्यार्थी अलाना सौजाको बिबाह क्यानेडियन नेवाः गुथिसंग आबद्द महानुभाबहरुको सहयोगमा नेवाःपरम्परा र संस्कृति अनुसार हालै सम्पन्न गरिएको हो।

कार्यक्रमको पहिलो चरणमा बेहुलाको घरबाट बेहुलीकोमा सुपारी पठाउने क्रममा लाखामरी,मिठाई,फलफूल, कपडा,शृगार सामाग्री ,पूजा ,सुकुन्दा सहित पठाइएको थियो।त्यसको केहि क्षणपछि जन्ति जाने क्रममा आमाले बेहुलालाई फूलमाला सहित पूजा गरेर बिदाई गरिएको थियो।जन्तिलाई धिमे,भुस्या,तिन्छु लगायतको बाजा समुहले अगुवाइ गरिएको थियो भने जन्ती बेहुलीको घर अगाडी पुगे पछि बेहुली पक्षले स्वागत गरि बिबाह मण्डपमा लगेका थिए ।

 

त्यसपछि स्वयम्बरको क्रममा गणेश भगबानको पुजा गरि बर तथा बधुले एक आपसमा स्वयम्बरको माला लगाईदिएका थिए भने औंठी पनि आदान प्रदान गरेका थिए।औंठी लागाईदिने कार्यक्रम पछि बेहुलाले सिन्दुर लगाई दिएका थिए।त्यस पछि नेवाःपरम्परा अनुसार ससुराले बेहुलीको खुट्टामा “तुतिबग्गि” लगाइदिएका थिए जसको अर्थ बुहारीलाई बिधिबत रुपमा परिवारको सदश्यको रुपमा स्विकार गरेको मानिन्छ।जीबनकालमा ससुराले बुहारीलाई छुने भनेको यहि एक पटक मात्र हो।तुतिबग्गिको कार्यक्रम पछि बिदाइको बेला ससुराले गाडीमा ” दुफांगा” ओढाइदिएका थिए।सो कार्यक्रम पछि ” बिचाः खँ ल्हायगु” (सम्धि कुरा गर्ने) भनेर देबता साक्षि राखेर बेहुलि पक्षले छोरीलाई नजानेको कुराहरु सिकाइदिन र बेहुलापक्षले बुहारी भन्दा छोरी जस्तै ब्यबहार गर्ने बाचा सहितको कुराकानी गरेका थिए।

त्यसपछि जन्ति सहित बेहुली बेहुलाको घरमा पुग्दा सासुले नेवाः परम्परा अनुसार स्वागत गरि भित्रायका थिए भने भगबान गणेशको पुजा गरि ” ह्वंकेगु” कार्यक्रम,”थायभु”ख्वाउने र ब्याहुलाको परिवारलाई सुपारि दिने कार्यक्रम गरि अन्त्य गरेका थिए।सो बिबाह बिधि पस्चात पाहुनाहरुलाई “नेवा” तरिका अनुसार चिउरा,छोयला,मासु,सीमि,बोडी,अचार,भुटन,हरियो साग,लप्सीको अमिलो,दहि,सिसाफुसा,रक्सी सहितको नेवाः भोज गरिएको थियो।

भोज पस्चात बेहुला बेहुलीले “राजमति वा मतिना याय वा ” गीतमा नृत्य प्रस्तुत गरेका थिए भने बेहुला इयन टर्नरले ” वा माया वा वा” गीत प्रस्तुत गरेका थिए। अरुपाहुनाहरुले नेवाः तथा अंग्र्जि गीत प्रस्तुत गरेका थिए।बिबाह सम्बन्धि कार्यक्र्म बिधि बिमल श्रेष्ठले संचालन गर्नु भएको थियो भने उत्तम माकजुले प्रत्येक बिधिको अर्थ र महत्व बारेअंग्रेजी बाट ब्याख्या गर्नु भएको थियो।

नेवाः परम्परा अनुसार कार्यक्रमको लागि बेहुला इयन टर्नरले सहयोग अपेक्षा गरे अनुसार सो बिबाह बिधिको लागि क्यानेडियन नेवा गुथिका केहि कार्यकारिणि सदस्यका परिवारले सहयोग गरेका थिए।नेवाः परम्परा अनुसारको बिबाह बिधि हेर्न पाउदा छिमेकिहरु पनि प्रसन्न देखिएका थिए भने सबै बिधिको अंग्रेजीमा ब्याख्या गरेकोले नेवा संस्कृतिको सांस्कृतिक बैभबता र महत्व उच्च रहेको सहभागिहरुले टिप्पणी गरेका थिए।उनिहरुका अनुसार यस्तो खालको क्यानेडेली जोडीको नेवाः परम्परा अनुसार बिबाह कार्यक्रम पहिलो पटक भएको होला भने अनुमान गरेका थिए ।

 

प्रतिक्रिया