वीरेन्द्र,रावल धनगढी-कार्तिक ४÷असोज ३१ देखि कार्तिक ३ गते विहान सम्म परेको अविरल बर्षा पछि आएको बाढी र पहिरोका कारण कैलाली जिल्लाका बाढी प्रभावित परिवारलाई विद्यार्थी युवाले राहत प्रदान गरेका छन्।
बाढी र पहिरोका कारण विस्थापित भई आहतमा परिणत भएका कैलालीको टिकापुर नगरपालिकाको वन गाउँ,सत्ती लगायतका क्षेत्रमा विहीबार राष्ट्रिय युवा संघ र अनेरास्ववियूका बिद्यार्थीहरुले उद्धार र राहत प्रदान गरेका छन्।
राष्ट्रिय युवा संघ कैलालीका अध्यक्ष गणेश महर र अनेरास्ववियु कैलालीका अध्यक्ष किशोर शाहको नेतृत्वमा बाढी प्रभावित क्षेत्रका प्रभावित परिवारलाई पानी,चाउचाउ,लगायतका खाद्यान्नहरु वितरण गरिएको छ।
सरकार,रेडक्रस लगायतका अन्य निकायले राहतको पहल त परै जाओस् बाढी प्रभावित परिवारलाई उद्धार समेत नगरिसकेको अवस्थामा युवा र विद्यार्थीहरुले कैलालीको पूर्वी दक्षिण क्षेत्रका प्रभावित परिवारहरुलाई उद्धार गर्ने र राहत वितरण गर्ने लगायतका कार्यहरु गरेका छन्।
बाढी प्रभावित परिवारका मानिसहरु भोक भोकै रहेको र उद्धार समेत नगरिदा ज्यान जोखिममा पर्ने खतरा देखेपछि आफुहरुले उद्धार कार्य र राहतलार्य संग संगै लिएर गएको कुरा राष्ट्रिय युवा संघ कैलालीका अध्यक्ष गणेश महरले जानकारी दिएका छन्।
यस्तै प्रभावित मानिसहरुलाइ तत्कालका लागि राहत र सुरक्षित स्थानमा लैजानका लागि विद्यार्थीहरुले सहयोग गरेको कुरा अनेरास्ववियू कैलालीका अध्यक्ष किशोरशाहले बताउनु भएको छ।
कैलाली जिल्लामा ३१ गते देखि कार्तिक ३ गते सम्म परेको अविरल बर्षाका कारण ठूलो परिमाणमा खेतमा रहेको धान बग्नुका साथ साथै नासिएको बताइएको छ।
यस्तै कैलालीको उत्तरपूर्वी क्षेत्र जानकी गाउँपालिकामा पर्ने अमरावती,खैरीफाँटा लगायतका गाउँमा कर्णालीले घरहरु डुवाउनुका साथ साथै खेतमा रहेको सबै धान नष्ट गरिदिदा सम्म पनि सञ्चार क्षेत्र देखि लिएर सरोकारवाला निकायको उपस्थितीनै नभएको गुनासो अमरावतीका शिक्षक पूर्ण बहादुर रानाले बताउनु भएको छ।
जिल्लाका पहाडी क्षेत्रमा भएको क्षतिको यकिन तथ्यांक समेत नआईसकेकाले पनि कैलाली जिल्लामा बाढी र पहिरो प्रभावितहरुको तथ्यांक अँझै भन्न सकिने अवस्थामा छैन।
वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।
प्रतिक्रिया