अमेरीका बासी नेपालीको आयोजनामा पिट्सबर्ग च्यालेन्ज कप पथरीमा

गोपाल काफ्ले पथरी २०७८ कार्तिक ३ गते २१:३५ मा प्रकाशित

कार्तिक,३-नेपाली फुटलवको विकास र नेपाली भाषी मनहरुलाई जोड्ने उदेश्यका साथ तेस्रो मुलुक पुर्नबास भएका नेपाली भाषी भुटनी समुदायले फुटवल प्रतियोगिता गर्ने भएको छ।लामो समय नेपालका बिभिन्न स्थानमा बसोबास गर्दै तेस्रो मुलुक पुर्नबास भएका नेपाली भाषी समुदायको मोरङको पथरी शनिश्चरे १० मा पिट्सबर्ग च्यालेन्ज कप फुटबल प्रतियोगिता—२०२१ आयोजना गर्ने भएको हो।

कार्तिक १० देखी १९ गते सम्म संचालन हुने प्रतियोगितामा पुर्वका १० टिमको सहभागिता रहने छ।अमेरीकाको पिट्सबर्गमा रहेको थ्री रिभर्स क्लवको आयोजनामा हुने प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार प्राप्त गर्ने छ भने उपविजेताले नगद ५१ हजार ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन।प्रतियोगिताको मुख्य प्रायोजक अमेरिकामा रहेर सामाजिक काम गर्दै आएका मेघ सुबेदीको कम्पनी सिजल सिस्टरले गर्ने भएको आयोजक समितिका सदस्य तथा थ्री रिभर्सका सदस्य अर्जुन बिष्टले जानकारी दिए।

अमेरिकाको पिट्सबर्गमा रहेका नेपाली भाषीले प्रत्येक बर्ष संचालन गर्दै आएको उक्त प्रतियोगिता यो सिजनबाट नेपालमा सुरु हुने भएको हो।आउदा दिनमा नेपालका बिभिन्न स्थानमा संचालन हुने आयोजक तथा अमेरिकाको पिट्सबर्गमा रहेको थ्री रिभर्स एफ.सी. का सदस्य किरण थापाले जानकारी दिए।आफ्नो मातृमुमी संगको संबन्ध कायम राख्दै नेपाली भाषी मनलाई एक ठाउँमा जोड्न फुटवल एक माध्यम रहेको थापाको भनाई छ।

लामो समय नेपालको भुमीमा जिवन विताउदै जिवन जिउने क्रममा तेस्रो मुलुक पुर्नबास भएका नेपाली भाषीको मन मनमा नेपाल र नेपाली पन छ।नेपाली पन र जोड्न हामी अमेरिका र नेपालमा बिभिन्न कार्यक्रमहरु गरिरहेको अमेरिकाको पिट्सबर्गमा बसोबास गर्दै आएका सिजल सिस्टरका संस्थापक मेघ सुबेदीले बताएका छन।

प्रतियोगितामा शिवशताक्षी फुुटबल क्लव झापा,भाउन्ने फुटबल क्लव मोरङ,लेटाङ फुटवल क्लव लेटाङ,पथरी शनिश्चरे फुटबल क्लव पथरी,बिराटनगर फुटबल क्लव बिराटनगर,भुटानी ब्वाइज क्लब,बेलबारी फुटबल क्लव,प्रतिभा समाज सुधार युवा क्लव दमक एफ सि झापा र राष्ट्रिय जागृति फुटबल क्लव सुनसरी बीच प्रतिस्पर्धा हुने भएको छ।

प्रतियोगितामा बिधागत पुरस्कारतर्फ उत्कृष्ट गोल किपर,डिफेन्डर,मिड फिल्डर, फर्वाड,कोच र उच्च गोल कर्ताले जनही ५÷५ हजार प्राप्त गर्ने छन भने सर्वोकृष्ट खेलाडीले नगद १० हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले जनही २ हजार ५ सय प्राप्त गर्ने आयोजक समितिका सदस्य बिक्की राईले जानकारी दिएका छन।

 

प्रतिक्रिया