इलाम।अविरल वर्षापछिको पहिरोमा परी इलाममा १२ जनाको मृत्यु भएको छ।पहिरोले पुरिँदा फाकफोकथुम गाउँपालिकामा एकै परिवारका ४ सहित ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
फाकफोकथुम-३ आम्चोकमा एकै परिवारका ४ जनाको पहिरोले पुरेर ज्यान गएको स्थानीय उद्धव लामिछानेले जानकारी दिए।
घरमाथिको ढिस्को खस्दा ८६ वर्षीय नैनसिंह कटुवाल,८० वर्षीय रनदत्ता थापा,१६ वर्षीय निशान कटुवाल र १३ वर्षीय निश्चत कटुवालको ज्यान गएको हो। ३ जनाको शव निकालिसकिएको र नैनसिंहको शव निकाल्ने काम भइरहेको लामिछानेले जानकारी दिए।
२ तले घरको भुईंतलामा सुतेका उनीहरुलाई पहिरोले पुरेको थियो।माथिल्लो तलामा सुतेका समीक्षा र गोमा कुटुवाल भने बच्न सफल भएका छन्।त्यस्तै सूर्योदय नगरपालिकामा ३,माई नगरपालिकामा १ र माङसेवुङ गाउँपालिकामा २ जनाको ज्यान गएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।इलाममा ३ जना बेपत्ता रहेका छन् । पहिरोका कारण दर्जनभन्दा धेरै घर परिवार विस्थापित भएका छन् ।
प्रतिक्रिया